भोजपुर। नागरिकता नहुँदा राज्यबाट पाउने सेवासुविधाबाट वञ्चित एक एकल महिलालाई जिल्ला प्रशासन कार्यालय भोजपुरले नागरिकता वितरण गरेको छ।
टेम्केमैयुङ गाउँपालिका –८ गोगेने माइती भई स्थायी रूपमा रामप्रसादराई गाउँपालिका –४ दलगाउँ बस्दै आएकी हीरा राईलाई हिजो जिल्ला प्रशासन कार्यालयले कार्यालयमा झिकाएर नागरिकता दिएको हो।
वडा कार्यालयको सिफारिसमा उनलाई वंशजका आधारमा नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए।
प्रजिअ पुरीले भने, “यसअघि नै नागरिकताको लागि पहल हुनुपर्ने हो तर त्यो के कारण हुन सकेन, वृद्धा अवस्थामा नागरिकता नभएका कारण राज्यको सेवासुविधाबाट वञ्चित भएको थाहा पाएपछि मैले नागरिकता वितरणका लागि पहल गरेँ र आज वितरण गरियो। अब उहाँलाई राज्यबाट लिइने सेवासुविधा लिने बाटो खुलेको छ।’’ रासस