भक्तपुरको स्यानिटाइजर उद्योगमा आगलागी <p>काठमाडाैैं।&nbsp;स्यानेटाइजरलगायत विभिन्&zwj;न&nbsp;रसायन बनाउने एक उद्योगमा आज साँझ आगलागी भएको छ। मध्यपुरथिमि नगरपालिका-६ स्थित युनाइटेड नेपाल केमिकल प्राइभेट लिमिटेडमा साँझ ६ बजेदेखि आगलागी भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।&nbsp;</p> <p>भक्तपुर र ललितपुरको दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको जनाइएको छ। साँझ आकाशबाट समेत पानी परेपछि आगो नियन्त्रणमा सहज भए पनि पूर्णरुपमा नियन्त्रणमा आएको छैन। आगलागीको कारण र क्षति विवरण भने आउन बाँकी रहेको उनले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्