काठमाडौं। विवादित सीमामा शान्ति कायम गर्नु तथा भारतसँग रणनीतिक भरोसा बनाउनु चीनको कूटनीतिक प्राथमिकता रहेको चिनियाँ विदेशमन्त्रालयले बताएको छ।
चीनले आगामी समयमा आफ्ना छिमेकीसँग ‘साझा हित’को विस्तार गर्ने कोसिस गर्ने पनि विदेश मन्त्रालयको भनाइ छ।
समाचार एजेन्सी सिन्ह्वाको एक प्रश्नको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियानले भने, ‘‘जहाँसम्म चीन र भारतको सवाल छ, दुवै देश मिलेर सीमामा शान्ति सुरक्षा कायम गर्नु पर्छ। र, द्विपक्षीय सम्बन्धलाई मजबुत पार्नुपर्छ। हामी छिमेकी र विकासशील देशहरूसँग पारस्परिक विश्वास तथा साझा हितलाई बढोत्तरी गर्ने दिशामा काम गरिरहेका छौं।’’
सिन्ह्वाले विदेशमन्त्रालयका प्रवक्तासँग कोरोनाको त्रास बढिरहेको अहिलेको समयमा अन्तर्राष्ट्रिय कूटनीति परिवर्तन भइरहेको र यसमा चीनले के कुरामा प्राथमिकता दिइरहेको छ भन्ने प्रश्न गरेको थियो।
प्रवक्ताले लद्दाखमा लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)मा चीन र भारतबीच उत्पन्न तनावबारे केही पनि बोलेनन्। एलएसीमा दुवै देशका सैनिकबीच झडप भएको थियो। दुई देशका सैनिक अधिकारी वार्तामा जुटिरहेका छन्, तर नतिजा निस्किएको छैन।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ३० जुलाईमा सम्पन्न मिडिया ब्रिफिङमा दुई देशका सैनिक अधिकारीबीचको वार्ता प्रगतिउन्मुख भएको बताएका थिए। थप वार्ता हुने पनि उनको भनाइ थियो।
लिजियान भन्छन्, ‘‘यो वर्षको सुरुवातमा कोरोना महामारीले दुनियाँमा असर गर्यो। चिनियाँ अधिकारीहरू पुनः आर्थिक गतिविधि सुरु गर्न प्रतिबद्ध छन्। चीनले सधैँ शान्तिका लागि स्वतन्त्र विदेश नीति अपनाएको छ। र, विश्व शान्तिका निम्ति यसैगरी प्रयासरत रहने छ। चीन विश्व विकासमा योगदान दिइरहने छ र अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षक रहने छ।’’
‘‘चीनले कोराना नियन्त्रणका लागि भ्याक्सिन, अन्य औषधि बनाउने काममा हुने शोध-अनुसन्धानमा अरू देशहरूसँग सहकार्य गर्दै आएको छ,’’ उनले भने।
अमेरिकासँग आफूहरू सहकार्य गर्न मजबुत उद्देश्यका साथ उभिएको पनि उनको भनाइ थियो। ‘‘हामी समन्वय, सहयोग र स्थिरताका साथ बिनाझगडा समान इज्जत र बराबरीसहित काम गर्न चाहन्छौं। हामी कहिल्यै पावर पोलिटिक्सका सामु झुक्दैनौं।’’
अमेरिकासँग अहिले जस्तो सम्बन्ध विकसित भइरहेको छ, त्यसलाई शान्तिपूर्ण ढंगमा संवादका माध्यमबाट सुल्झाउन सकिने पनि उनले बताए।
(बीबीसी)
" /> काठमाडौं। विवादित सीमामा शान्ति कायम गर्नु तथा भारतसँग रणनीतिक भरोसा बनाउनु चीनको कूटनीतिक प्राथमिकता रहेको चिनियाँ विदेशमन्त्रालयले बताएको छ।चीनले आगामी समयमा आफ्ना छिमेकीसँग ‘साझा हित’को विस्तार गर्ने कोसिस गर्ने पनि विदेश मन्त्रालयको भनाइ छ।

">