'बुलाती हे, मगर जाने का नहीँ...' का सर्जकको कोरोनाबाट मृत्यु
काठमाडौं। कोरोना भाइरस संक्रमणबाट प्रसिद्ध उर्दूकवि तथा गजलकार राहत इन्दोरीको आज मृत्यु भएको छ। इन्दोरको एक अस्पतालमा उपचाररत उनलाई दुई पटक हृदयघात भएको उपचारमा संलग्न चिकित्सले बताएका छन्।

“आइतबार अस्पतालमा भर्ना गरिएका इन्दोरीलाई दुई पटक हृदयघात भएको थियो,” उपचारमा खटिएका चिकित्सक विनादे भण्डारीले भने, “उनलाई ६० प्रतिशत निमोनिया भएको थियो।”

इन्दोरीको ट्वीटर ह्यान्डलमा उनले आफूलाई भारतीय कवि, पेन्टर र बलिउड सर्जक भनेर चिनाएका छन्।

अस्पतालमा भर्ना हुनु अगाडि उनले आफूलाई कोरोना संक्रमण भएको ट्वीटमार्फत जानकारी दिँदै आफ्नो शिघ्र स्वास्थ्य लाभको कामना गरिदिन भनेका थिए।

उनको गजल 'बुलाती हे, मगर जाने का नहीँ..' चर्चितमध्येको एक हो।

प्रतिक्रिया दिनुहोस्