रूकुम घटनामा मृत्यु हुनेका परिवारलाई जनही १० लाख राहत दिने

काठमाडाैं। सरकारले रूकुम-पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा अन्तरजातिय विवाह सम्बन्धीको विवादको क्रममा हत्या गरिएकाको परिवारलाई १० लाख रूपैयाँको दरले आर्थिक राहत दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद बैठकको सोमबारको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका अर्थ, सूचना सञ्चार तथा प्रविधिमन्त्री डा. युवराज खतिवडाले घाइतेहरूको उपचार खर्च पनि सरकारले बेहोर्ने निर्णय गरिएको बताए।

उनका अनुसार सरकारले बिलको आधारमा खर्च बेहोर्ने छ। सरकारले उक्त घटनाको भत्सर्ना पनि गरेको मन्त्री खतिवडाले बताए।

गएको जेठ १० गते प्रेमिका लिन भनि सोती गएका प्रेमी नवराज विक र उनका साथिहरू गणेश बुढा मगर, सन्जिब विक, लोकेन्द्र सुनार, टीकाराम सुनार र गोविन्द शाहीको हत्या भएको थियो।

घटनामा लालबहादुर खड्का, कैलाश भन, जीवन भन, डिल्ली विक, सुनिल सुनार, महेश कार्की लगायत घाइते भएका थिए।

उनीहरू जाजरकोटको भेरी नगरपालिकाका हुन्।

प्रतिक्रिया दिनुहोस्