काठमाडौं। गत हप्ता लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली विस्फोटपछि नैतिकताको आधारमा भन्दै लेबनानका प्रधानमन्त्री हसन दीयाबले राजीजनामा दिएका छन्।
सो विस्फोटमा परी २०० जनाभन्दा बढीको ज्यान गएको थियो। विस्फोटनका कारण लेबनानका नागरिकहरूले व्यापक रूपमा आक्रोश व्यक्त गरिरहेका थिए।
नागरिकले प्रधानमन्त्रीका विरुद्धमा प्रदर्शन पनि गरेका थिए। प्रधानमन्त्री दीयाबले हिजो लेबनानको राष्ट्रिय टेलिभिजनमार्फत हिजो साँझ देशबासीका नाममा सम्बोधन गर्दै आफूले पद त्याग गरेको घोषणा गरेका छन्।
लेबनानका नागरिकले विस्फोट हुनुमा सरकारको भ्रष्टाचारजन्य क्रियाकलाप जोडिएको बताएका थिए। त्यसैगरी यहाँका नागरिकले वर्तमान प्रधानमन्त्री र सरकारमाथि र असक्षमताको आरोप पनि लगाएका छन्।
बेरुतस्थित बन्दरगाहमा असुरक्षित अवस्थामा राखिएको भनिएको एमोनियम नाइट्रेट विस्फोट हुँदा त्यहाँका २०० भन्दा बढी मानिसको ज्यान गएको थियो भने हजारौँ घाइते भएका थिए ।
सम्बोधनको क्रममा प्रधानमन्त्रीले आफूले भ्रष्टाचार नगरेको भन्दै बचाउ गरेका छन्। तर, देशमा भ्रष्टाचार भएका कारणले नै त्यो विस्फोट हुन पुगेको उनको भनाइ थियो।
रासस/एएनआई
" /> काठमाडौं। गत हप्ता लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली विस्फोटपछि नैतिकताको आधारमा भन्दै लेबनानका प्रधानमन्त्री हसन दीयाबले राजीजनामा दिएका छन्।सो विस्फोटमा परी २०० जनाभन्दा बढीको ज्यान गएको थियो। विस्फोटनका कारण लेबनानका नागरिकहरूले व्यापक रूपमा आक्रोश व्यक्त गरिरहेका थिए।

">