काठमाडौं। बलिउड अभिनेता सुशान्तसिंह राजपूत आत्महत्या प्रकरण जटिल बन्दै गएको छ। उनले १४ जुनमा मुम्बईस्थित आफ्नै निवासमा आत्महत्या गरेका थिए। आत्महत्या गर्नुको कारण के थियो भन्ने अझै पत्ता लाग्न सकेको छैन।
जसले घटनाको सत्यतथ्य छानबिनको माग गर्दै आएकी थिइन्, अन्ततः उनैमाथि प्रहरीले छानबिन अगाडि बढाएको छ। उनकी प्रेमिका रिया चक्रवर्तीविरुद्ध सुशान्तका बुबा केके राजपूतले एफआईआर दर्ता गराएका थिए। उक्त घटनाको अहिले सीबीआईले अनुसनधान गरिरहेको छ।
उक्त केसमा रियासँगै उनका भाई शोविक तथा बुबा ईन्द्रजीतसँग प्रवर्तन निर्देशनालय (ईड्री) ले सोधपुछ गरेको छ। रियासँग चारदिन सोधपुछ गरेपनि कुनै क्लू मिल्न सकेको छैन। जसका कारण घटना झन जटिल बन्दै गएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
सोधपुछका क्रममा रियाले पछिल्लो समय सुशान्तबाट आर्थिक सहयोग लिएकी बताएकी थिइन्। इडी अधिकारीहरूले रिया, उनका बुबा, सुशान्तका बिजनेत म्यानेजर श्रुति मोदी, सुशान्तका रुममेट सिद्धार्थ पिठान लगायतसँग पनि सोधपुछ गरेका छन्।
रियाको ३ प्रोपर्टीको जाँच
ईडीले रियाको नाममा रहेका तीन वटा प्रोपर्टीको जाँच गरिरहेको छ। तीनै प्रोपर्टीको बजार मूल्य तीन करोड भारू हुन्छ। रियाले तीनै प्रोपर्टी २०१८ पछि मात्र किनेकी थिइन्। जबकी त्यही समयमा रिया सुशान्तकी प्रेमिका बनेकी थिइन्। रियाले सुशान्तको सम्पत्ति आफूले लिने गरेको आरोप भने अस्वीकार गर्दै आएकी छिन्। उनले पछिल्लो ५ वर्षमा तिर्दै आएको कर विवरण समेत अनुसन्धानको दायरमा आएको छ।
रियाले सुशान्तको परिवारमाथि गम्भीर आरोप लगाएकी छिन्। रियाले सुशान्तको परिवार आफ्नो सम्पत्ति कब्जा गर्ने मनसायमा लागिरहेको बताएकी छिन्। आफूमाथि आरोप लगाउँदै उक्त प्रोपर्टीहरू कानूनी रूपमै आफ्नो बनाउने तिर लागेको उनले बताएकी हुन्।
सुशान्तका बुबा केके सिंहले २५ जुलाईमा रियासँगै उनको परिवारमाथि धोकाधडी तथा मानसिक यातना दिएको आरोपमा मुद्दा दायर गरेका थिए।
सुशान्तको कम्पनीको आईपी ठेगानामाथि छेडाखानी
अनुसन्धानका क्रममा सुशान्तको कम्पनीको आईपी ठेगाना एक वर्ष १२ पटक परिवर्तन गरेको पाइएको छ। उनको मृत्युपछि पनि तीन पटक आईपी एड्रेस परिवर्तन गरिएको पाइएको छ। जसका कारण थप शंका पैदा भएको छ। अनुसन्धानमा संलग्न अधिकारीहरूले आईपी एड्रेस नै परिवर्तन हुनु रहस्यमय भन्दै थप अनुसन्धानको आवश्यकता रहेको बताएका छन्।
आत्महत्याअघि सुशान्त र रियाबीच झगडा
८ जुनमा सुशान्त र रियाबीच झगडा परेको थियो। उनीहरूबीचको झगडा सुशान्तका कर्मचारीले समेत सुनेका थिए। झगडापछि रिया आफ्नो फ्ल्याट गएर फोन नम्बर ब्ल्याक लिष्टमा राखेकी थिइन्।
पछिल्लो दिनहरूमा दुई जनाबीचको सम्बन्ध राम्रोसँग चलेको थिएन। जसका कारण रिया पनि डिप्रेसनमा गएकी थिइन्। ८ जुनमा झगडापछि दुवैजनाबीच बोलचाल थिएन। आत्महत्या गर्नुअघि पनि उनीहरूबीच कुनै कुराकानी भएको थिएन।
" /> काठमाडौं। बलिउड अभिनेता सुशान्तसिंह राजपूत आत्महत्या प्रकरण जटिल बन्दै गएको छ। उनले १४ जुनमा मुम्बईस्थित आफ्नै निवासमा आत्महत्या गरेका थिए। आत्महत्या गर्नुको कारण के थियो भन्ने अझै पत्ता लाग्न सकेको छैन।जसले घटनाको सत्यतथ्य छानबिनको माग गर्दै आएकी थिइन्, अन्ततः उनैमाथि प्रहरीले छानबिन अगाडि बढाएको छ। उनकी प्रेमिका रिया चक्रवर्तीविरुद्ध सुशान्तका बुबा केके राजपूतले एफआईआर दर्ता गराएका थिए। उक्त घटनाको अहिले सीबीआईले अनुसनधान गरिरहेको छ।

">