काठमाडौं। वैदिक सनातन धर्मावलम्बीले साउनको सोमबार देवादिदेव महादेवको पूजा आराधनासहित गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन्। साउन महीना र सोमबारलाई शिवजीको महीना एवं बार भनी धर्मग्रन्थमा उल्लेख गरिएको छ।     

साउनको सोमबार जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भई इच्छा पूरा गरिदिने र पारिवारिक सुख शान्ति दिने भएकाले सनातन धर्मावलम्बीले विशेष महीनाका रूपमा मनाउने गरेका छन्। साउनको सबै सोमबार व्रत गर्नेले अन्तिम सोमबार बेलुकी वा मङ्गलबार बिहान विधिपूर्वक गोदान एवं पूर्ण पात्र गरी व्रत समापन गर्ने प्रचलन छ।     

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतम शिवजीले चन्द्रमालाई शिरमा धारण गरेकाले सोमबारलाई शिवजीको बारका रूपमा मानी यस दिन आराधना गर्ने गरेको बताउँछन्।

परम्परा अनुसार कुनै कुल विशेषले चन्द्रमासअनुसार श्रावण महीनामा व्रत गरे पनि कर्कट राशिमा सूर्य भएका सोमबार विशेषरूपमा शिवजीको आराधना गर्ने शास्त्रीय विधि रहेको उनले बताए। यस वर्ष साउन ५, १२, १९ र २६ गते गरी चार वटा सोमबार परेकामा हिजो अन्तिम सोमबार व्रत विधिपूर्वक समापन गरिएको हो।   रासस   

" /> काठमाडौं। वैदिक सनातन धर्मावलम्बीले साउनको सोमबार देवादिदेव महादेवको पूजा आराधनासहित गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन्। साउन महीना र सोमबारलाई शिवजीको महीना एवं बार भनी धर्मग्रन्थमा उल्लेख गरिएको छ।     

साउनको सोमबार जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भई इच्छा पूरा गरिदिने र पारिवारिक सुख शान्ति दिने भएकाले सनातन धर्मावलम्बीले विशेष महीनाका रूपमा मनाउने गरेका छन्। साउनको सबै सोमबार व्रत गर्नेले अन्तिम सोमबार बेलुकी वा मङ्गलबार बिहान विधिपूर्वक गोदान एवं पूर्ण पात्र गरी व्रत समापन गर्ने प्रचलन छ।     

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतम शिवजीले चन्द्रमालाई शिरमा धारण गरेकाले सोमबारलाई शिवजीको बारका रूपमा मानी यस दिन आराधना गर्ने गरेको बताउँछन्।

परम्परा अनुसार कुनै कुल विशेषले चन्द्रमासअनुसार श्रावण महीनामा व्रत गरे पनि कर्कट राशिमा सूर्य भएका सोमबार विशेषरूपमा शिवजीको आराधना गर्ने शास्त्रीय विधि रहेको उनले बताए। यस वर्ष साउन ५, १२, १९ र २६ गते गरी चार वटा सोमबार परेकामा हिजो अन्तिम सोमबार व्रत विधिपूर्वक समापन गरिएको हो।   रासस   

"> समापन भयो साउने सोमबार व्रत : Dekhapadhi साउनको सबै सोमबार व्रत गर्नेले अन्तिम सोमबार बेलुकी वा मङ्गलबार बिहान विधिपूर्वक गोदान एवं पूर्ण पात्र गरी व्रत समापन गर्ने प्रचलन छ।      ">
समापन भयो साउने सोमबार व्रत  <p style="text-align: justify;">काठमाडौं। वैदिक सनातन धर्मावलम्बीले साउनको सोमबार देवादिदेव महादेवको पूजा आराधनासहित गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन्। साउन महीना र सोमबारलाई शिवजीको महीना एवं बार भनी धर्मग्रन्थमा उल्लेख गरिएको छ। &nbsp; &nbsp;&nbsp;</p> <p style="text-align: justify;">साउनको सोमबार जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भई इच्छा पूरा गरिदिने र पारिवारिक सुख शान्ति दिने भएकाले सनातन धर्मावलम्बीले विशेष महीनाका रूपमा मनाउने गरेका छन्। साउनको सबै सोमबार व्रत गर्नेले अन्तिम सोमबार बेलुकी वा मङ्गलबार बिहान विधिपूर्वक गोदान एवं पूर्ण पात्र गरी व्रत समापन गर्ने प्रचलन छ। &nbsp; &nbsp;&nbsp;</p> <p style="text-align: justify;">धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतम शिवजीले चन्द्रमालाई शिरमा धारण गरेकाले सोमबारलाई शिवजीको बारका रूपमा मानी यस दिन आराधना गर्ने गरेको बताउँछन्।</p> <p style="text-align: justify;">परम्परा अनुसार कुनै कुल विशेषले चन्द्रमासअनुसार श्रावण महीनामा व्रत गरे पनि कर्कट राशिमा सूर्य भएका सोमबार विशेषरूपमा शिवजीको आराधना गर्ने शास्त्रीय विधि रहेको उनले बताए। यस वर्ष साउन ५, १२, १९ र २६ गते गरी चार वटा सोमबार परेकामा हिजो अन्तिम सोमबार व्रत विधिपूर्वक समापन गरिएको हो। <em>&nbsp; रासस</em>&nbsp; &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्