सिरहा। वन कर्मचारीको टोलीले सिरहाको धनगढीमाई नगरपालिका–१४ बाट दुई ट्याक्टर अवैध सालको काठसहित ६ जनालाई पक्राउ गरेको छ।
डिभिजन वन कार्यालय लहान सिरहाबाट खटिएको टोलीले गएराति चुरे जङ्गलबाट कटान गरी अवैधरूपमा लैजाँदै गरेको अवस्थामा दुई ट्याक्टर अवैध काठसहित धनगढीमाई नगरपालिका–१४ निवासी समीर मगर, कुमार तामाङ, ज्ञानकुमार मगर र नसिबलाल दास तथा गोलबजार नगरपालिका–६ निवासी जितकुमार साह र शिवनाथ साहलाई पक्राउ गरेको हो।
काठ तस्करी भइरहेको गोप्य सूचनाका आधारमा खटिएको वन कर्मचारीको टोलीले काठ बोकेको ना४त ८७२८ र स१त ५२९७ नम्बरको ट्याक्टर र एक थान मोटरसाइकलसहित सबै जनालाई पक्राउ गरिएको डिभिजन वन कार्यालय लहानका प्रमुख सुभाषचन्द्र दासले बताए।
दुवै ट्याक्टरबाट ६९ थान सालको चिरान काठ बरामद भएको प्रमुख दासले बताए। पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ। रासस
" /> सिरहा। वन कर्मचारीको टोलीले सिरहाको धनगढीमाई नगरपालिका–१४ बाट दुई ट्याक्टर अवैध सालको काठसहित ६ जनालाई पक्राउ गरेको छ।डिभिजन वन कार्यालय लहान सिरहाबाट खटिएको टोलीले गएराति चुरे जङ्गलबाट कटान गरी अवैधरूपमा लैजाँदै गरेको अवस्थामा दुई ट्याक्टर अवैध काठसहित धनगढीमाई नगरपालिका–१४ निवासी समीर मगर, कुमार तामाङ, ज्ञानकुमार मगर र नसिबलाल दास तथा गोलबजार नगरपालिका–६ निवासी जितकुमार साह र शिवनाथ साहलाई पक्राउ गरेको हो।

">