काठमाडौं। गोंगबु हत्या प्रकरणकी आरोपित कल्पना शाही भनिने कल्पना मुडभरीले अभियोग स्वीकार गरेकी छन्। प्रहरीसँगको बयानमा उनले आफूले कृष्णबहादुर बोहराको हत्या गरेको स्वीकार गरेकी हुन्।
बोहराको शव २५ साउनमा बिहान काठमाडौं गोंगबुको गणेशथान मन्दिर नजिकै नवज्योती मार्गमा भेटिएको थियो। उनको शरीर सुटकेशमा तथा टाउको र खुट्टा जेब्रा झोलामा भेटिएको थियो।
उनको शवको पहिचान हिजो मात्र भएको थियो। र, हिजै कल्पना र उनकी छोरी चितवनबाट पक्राउ गरेका थिए। पक्राउ गरेकी कल्पनाले आफूले ‘स्लिपिङ ट्याब्लेट’ खुवाएर बोहराको हत्या गरेको स्वीकार गरेको प्रहरी उच्च स्रोतले जनाएको छ। हत्यापछि शव व्यवस्थापनमा छोरीले सहयोग गरेको पनि खुलेको छ। प्रहरीले अहिले केहीबेरमा पत्रकार सम्मेलन गरेर आरोपितहरूलाई सार्वजनिक गर्दैछ।
कल्पनाले बोहराकाे हत्या आफ्नै कोठामा गरेको पनि बताएकी छन्। हत्यापछि आफन्तको एम्बुलेन्स मगाएर कल्पना र उनकी छोरी चितवन पुगेको प्रहरीले जनाएको छ। उनीहरू चितनको टाँडीबाट हिजो पक्राउ गरेका थिए। उनीहरूलाई हिजैराति चितवनबाट काठमाडौं ल्याइसकिएको छ।
कल्पनाले हत्यामा अरुको सहयोग नलिएको बताएपनि प्रहरीले अरुको संलग्नताबारे अनुसन्धान गरिरहेको छ। कल्पनालाई चितवन लैजाने एम्बुलेन्स चालकलाई समेत प्रहरीले मकवानपुरको हेटौंडाबाट नियन्त्रणमा लिएको जनाएको छ।
" /> काठमाडौं। गोंगबु हत्या प्रकरणकी आरोपित कल्पना शाही भनिने कल्पना मुडभरीले अभियोग स्वीकार गरेकी छन्। प्रहरीसँगको बयानमा उनले आफूले कृष्णबहादुर बोहराको हत्या गरेको स्वीकार गरेकी हुन्।बोहराको शव २५ साउनमा बिहान काठमाडौं गोंगबुको गणेशथान मन्दिर नजिकै नवज्योती मार्गमा भेटिएको थियो। उनको शरीर सुटकेशमा तथा टाउको र खुट्टा जेब्रा झोलामा भेटिएको थियो।

">