काठमाडौं। बाराको कैलया अस्पतालको आइसोलेसन २४ घण्टामै सुधारिएको छ। जिल्ला प्रशासन कार्यालय बाराले अस्पतालको आइसोलेसनको गुणस्तर सुधार्न २४ घण्टाको अल्टिमेटम दिएको थियो।
प्रशासनले ताकेता गरेपछि अस्पतालले आइसोलेसनको गुणस्तर सुधार गरेको हो। अस्पतालले अस्पतालको सरसफाइ गरेका तस्वीर सार्वजनिक गरेको छ।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले प्रशासनले दिएको निर्देशन अस्पताल प्रशासनले पालना गरेको बताएका छन्। उनले अहिले अस्पतालको आइसोलेनमा सुधार आएको उल्लेख गरेका छन्।
कलैया उपमहानगरबाट निर्माण तथा मर्मत सम्भार गरी कलैया अस्पताललाई ५० बेडको आइसोलेसन वार्ड हस्तान्तरण भएको थियो।
आइसोलेसन वार्ड अत्यन्त फोहोर भएको विषयमा सुधार गरि सरसफाई राख्न, खाजा खानाको गुणस्तर सुधार गर्न पटक-पटक टेलिफोन एवं भेट हुँदा मौखिक निर्देशन दिँदा पनि अटेर गरेपछि प्रशासनले हिजो लिखितै निर्देशन दिएको थियो।
" /> काठमाडौं। बाराको कैलया अस्पतालको आइसोलेसन २४ घण्टामै सुधारिएको छ। जिल्ला प्रशासन कार्यालय बाराले अस्पतालको आइसोलेसनको गुणस्तर सुधार्न २४ घण्टाको अल्टिमेटम दिएको थियो।प्रशासनले ताकेता गरेपछि अस्पतालले आइसोलेसनको गुणस्तर सुधार गरेको हो। अस्पतालले अस्पतालको सरसफाइ गरेका तस्वीर सार्वजनिक गरेको छ।

">