काठमाडौं। गोंगबु हत्या प्रकरणमा आरोपी कल्पना शाहीबाहेकको संलग्नताबारे प्रहरीले अनुसन्धान थालेको छ। प्रारम्भिक सोधपुछका क्रममा शाहीले कसूर स्वीकारेको प्रहरी दाबीपछि अनुसन्धान क–कसको घटनामा संलग्नता थियो भन्नेतर्फ केन्द्रित भएको जनाएको छ।
हालसम्म अन्यको संलग्नता खुलिनसकेको एक प्रहरी उच्च अधिकृतले बताए। घटनाको प्रकृतिलाई हेर्दा एक्लैले त्यति जघन्य अपराध गर्न नसकिने र कसैको सहयोग लिएको हुन सक्ने प्रहरी अनुमान छ। महानगरीय अपराध महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले अनुसन्धान भइरहेको बताएका छन्। “भइरहेको अनुसन्धानबारे अहिले नै केही भन्न सकिन्नँ”, उनले देखापढीसँग भने, “अहिले यति भन्छु, कि अनुसन्धान भइरहेको छ, केही खुल्दै जाला।”
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले आरोपी शाहीलाई चितवनको माडीबाट सोमबार पक्राउ गरेको हो। उनी आइतबार काठमाडौंबाट त्यसतर्फ गएको खुल्न आएको प्रहरीले जनाएको छ। सोही दिन बिहान गोंगबुको गणेशस्थानमन्दिर भित्र पर्ने नवज्योती मार्गमा एक जनाको शव फेला परेको थियो। जुन शव रोल्पाको कृष्णबहादुर बोहोराको भन्ने पहिचान हिजो दिउँसो भएको छ। शव पनि विभत्स अवस्थामा फेला परेको थियो।
घटनाको शुरूदेखि नै अनुसन्धानमा संलग्न एसएसपी थापाका अनुसार बोहोराको टाउको र खुट्टा जेब्रा झोलामा र शरीर सुट्केसमा फेला परेको थियो। शवको पहिचानसँगै अपराधमा संलग्नको नजिक पुग्न प्रहरीलाई सहज भएको हो। प्रहरी अनुसन्धानको प्रारम्भिक विवरण अनुसार नवज्योती मार्गमा रहेको शाहीको कोठामा बोहोराको आउजाउ बाक्लै हुन्थ्यो। उनीहरूबीच आर्थिक व्यवहार पनि हुने गरेको खुलेको छ।
र, घटनाको कारण आर्थिक लेनदेनको विवाद हुन सक्ने अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए। “दुई जनाबीच आर्थिक लेनदेन हुने गरेको देखिन्छ”, ती अधिकारीले भने, “लेनदेनमै विवाद भएर घटना भएको हुन सक्छ।” घटनाको अनुसन्धानमा शुरूदेखि नै महानगरीय अपराध महाशाखाको प्रमुख, एसएसपी थापासहित महानगरीय प्रहरी परिसर टेकुका प्रमुख, एसएसपी श्यामलाल ज्ञवाली नेतृत्वको टोली संलग्न छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले पनि अनुसन्धानमा सहयोग गर्दै आएको छ। घटनाको अनुसन्धानमा तालिमप्राप्त विशेषज्ञ कुकुर पनि परिचालन गरिएको छ। मृतक बोहोरा नयाँ बजारस्थित एक गार्मेन्ट उद्योगमा काम गर्ने गरेको पाइएको छ। अनुसन्धानकै क्रममा उनी मित्रपार्कस्थित एक रेस्टुरेन्टमा केही महीनादेखि बस्दै आएको पनि खुलेको छ।
" /> काठमाडौं। गोंगबु हत्या प्रकरणमा आरोपी कल्पना शाहीबाहेकको संलग्नताबारे प्रहरीले अनुसन्धान थालेको छ। प्रारम्भिक सोधपुछका क्रममा शाहीले कसूर स्वीकारेको प्रहरी दाबीपछि अनुसन्धान क–कसको घटनामा संलग्नता थियो भन्नेतर्फ केन्द्रित भएको जनाएको छ।हालसम्म अन्यको संलग्नता खुलिनसकेको एक प्रहरी उच्च अधिकृतले बताए। घटनाको प्रकृतिलाई हेर्दा एक्लैले त्यति जघन्य अपराध गर्न नसकिने र कसैको सहयोग लिएको हुन सक्ने प्रहरी अनुमान छ। महानगरीय अपराध महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले अनुसन्धान भइरहेको बताएका छन्। “भइरहेको अनुसन्धानबारे अहिले नै केही भन्न सकिन्नँ”, उनले देखापढीसँग भने, “अहिले यति भन्छु, कि अनुसन्धान भइरहेको छ, केही खुल्दै जाला।”

">