बाँके। “एकचोटी गाउँमा आगलागी भयो, २०० घरमा ४५ घर जोगिए”, नरैनापुरका विनय दिक्षीतले भने,, “आगलागीको अर्को दिन बल्ल दमकल आइपुग्यो।” नेपालगञ्जदेखि ३५ किलोमिटरको दूरीमा रहेको नरैनापुर दुर्गम नभए पनि दुर्गम देखिनका लागि अनगिन्ती विशेषता बोकेको थियो।

नरैनापुर गाउँपालिकाको सुइया गाउँमा देखिएको उत्साहले प्रदेशसभा सदस्य कृष्णा केसी नमूना पनि उत्साहित छिन्। सबैको सहयोग अनि समन्वयले नरैनापुरमा बिजुली बाल्ने कुरा सम्भव भएको उनले बताइन्। “यसको सदुपयोग अब यहीँका जनताले गर्ने हो”, उनले भनिन्, “सिक्टाको पूर्वी नहर आउँदैछ अब नरैनापुरलाई कृषि केन्द्र बनाउनुपर्छ।”

दुई दशकअघि नरैनापुरवासीले बिजुलीका पोल मात्र देखेका थिए। हरेक चुनावमा नेताले गाउँमा बिजुली बाल्ने सपना देखाए तर नरैनापुर–५ मुन्सीप्रसाद यादवले गाउँमा बिजुली बलेको कहिले देखेका थिएनन्। अहिले पहिलोपटक पोलमा बत्ती बलेको उनले देखे। “गाउँमा बत्ती बलेको देख्दा निकै खुशी लागेको छ”, उनले भने, “अब हाम्रो गाउँ पनि उज्यालो हुने भयो।”

चार बिघा जमिनमा नालाको पानी बोरिङ गरेर उनी खेती गर्छन्। घरमा सोलारबाट बत्ती बाल्थे। टिभी हेर्न ब्याट्री चार्ज गर्न भारत पुग्नुपर्थ्यो। घरमा बिजुली नभएका कारण सबै कोठामा पङ्खा जडान गरिएको थिएन। “अब खेतीका लागि बोरिङ गर्न सजिलो हुनेभयो”, उनले भने, “खेती किसानी गर्ने सबैलाई फाइदा हुने भयो।”

यादव मात्रै होइन बिजुली बलेको देख्दा गाउँमा नै खुशियाली छाएको छ। नरैनापुर–१ मजुरोटीका अहमद दर्जी बिजुली आउनु गाउँकै लागि खुशीको कुरा भएको बताउँछन्। “बत्ती र सडक नहुँदा धेरै दुःख थियो, सोलारले बत्ती बाल्थ्यौँ”, उनले भने, “बत्ती नहुँदा परीक्षामा केटाकेटी राम्रोसँग पढ्न पाउँदैनथे।”

नेपालगञ्जबाट ३५ किलोमिटर दूरीमा रहेको नरैनापुर पुग्न पाँच घण्टा लाग्थ्यो। पुल बन्नुअघि राप्तीमा डुङ्गा चल्थ्यो। स्थानीयवासी डुङ्गाकै भरमा किनमेल अनि सरकारी कामका लागि नेपालगञ्ज पुग्थे। “नून तरकारी भारतबाट लिएर खान्थ्यौँ”, नरैनापुर–५ मटेहयाका ७१ वर्षीय नन्कउ नाउले विगत सम्झँदै भने, “बिरामी भयौँ भने यहीँ मर्थ्यौँ।”

केही वर्षअघि आफैं खुट्टाको क्यान्सरले थला परेपछि उनी उपचारका लागि नेपालगञ्ज पुग्न सकेनन्। ६ महीना लखनउमा उपचार गरे। नरैनापुरबाट भारत पुग्न तीन घण्टा लाग्छ। नेपालगञ्ज पुग्न पाँच घण्टा लाग्थ्यो। “अहिले सडक बनेयता एक घण्टामा नेपालगञ्ज पुगिन्छ”, नाउले भने, “बाटो बनेपछि नेपालगञ्ज पुग्न सजिलो भयो।”  मेनका चौधरी/रासस

" /> बाँके। “एकचोटी गाउँमा आगलागी भयो, २०० घरमा ४५ घर जोगिए”, नरैनापुरका विनय दिक्षीतले भने,, “आगलागीको अर्को दिन बल्ल दमकल आइपुग्यो।” नेपालगञ्जदेखि ३५ किलोमिटरको दूरीमा रहेको नरैनापुर दुर्गम नभए पनि दुर्गम देखिनका लागि अनगिन्ती विशेषता बोकेको थियो।

नरैनापुर गाउँपालिकाको सुइया गाउँमा देखिएको उत्साहले प्रदेशसभा सदस्य कृष्णा केसी नमूना पनि उत्साहित छिन्। सबैको सहयोग अनि समन्वयले नरैनापुरमा बिजुली बाल्ने कुरा सम्भव भएको उनले बताइन्। “यसको सदुपयोग अब यहीँका जनताले गर्ने हो”, उनले भनिन्, “सिक्टाको पूर्वी नहर आउँदैछ अब नरैनापुरलाई कृषि केन्द्र बनाउनुपर्छ।”

दुई दशकअघि नरैनापुरवासीले बिजुलीका पोल मात्र देखेका थिए। हरेक चुनावमा नेताले गाउँमा बिजुली बाल्ने सपना देखाए तर नरैनापुर–५ मुन्सीप्रसाद यादवले गाउँमा बिजुली बलेको कहिले देखेका थिएनन्। अहिले पहिलोपटक पोलमा बत्ती बलेको उनले देखे। “गाउँमा बत्ती बलेको देख्दा निकै खुशी लागेको छ”, उनले भने, “अब हाम्रो गाउँ पनि उज्यालो हुने भयो।”

चार बिघा जमिनमा नालाको पानी बोरिङ गरेर उनी खेती गर्छन्। घरमा सोलारबाट बत्ती बाल्थे। टिभी हेर्न ब्याट्री चार्ज गर्न भारत पुग्नुपर्थ्यो। घरमा बिजुली नभएका कारण सबै कोठामा पङ्खा जडान गरिएको थिएन। “अब खेतीका लागि बोरिङ गर्न सजिलो हुनेभयो”, उनले भने, “खेती किसानी गर्ने सबैलाई फाइदा हुने भयो।”

यादव मात्रै होइन बिजुली बलेको देख्दा गाउँमा नै खुशियाली छाएको छ। नरैनापुर–१ मजुरोटीका अहमद दर्जी बिजुली आउनु गाउँकै लागि खुशीको कुरा भएको बताउँछन्। “बत्ती र सडक नहुँदा धेरै दुःख थियो, सोलारले बत्ती बाल्थ्यौँ”, उनले भने, “बत्ती नहुँदा परीक्षामा केटाकेटी राम्रोसँग पढ्न पाउँदैनथे।”

नेपालगञ्जबाट ३५ किलोमिटर दूरीमा रहेको नरैनापुर पुग्न पाँच घण्टा लाग्थ्यो। पुल बन्नुअघि राप्तीमा डुङ्गा चल्थ्यो। स्थानीयवासी डुङ्गाकै भरमा किनमेल अनि सरकारी कामका लागि नेपालगञ्ज पुग्थे। “नून तरकारी भारतबाट लिएर खान्थ्यौँ”, नरैनापुर–५ मटेहयाका ७१ वर्षीय नन्कउ नाउले विगत सम्झँदै भने, “बिरामी भयौँ भने यहीँ मर्थ्यौँ।”

केही वर्षअघि आफैं खुट्टाको क्यान्सरले थला परेपछि उनी उपचारका लागि नेपालगञ्ज पुग्न सकेनन्। ६ महीना लखनउमा उपचार गरे। नरैनापुरबाट भारत पुग्न तीन घण्टा लाग्छ। नेपालगञ्ज पुग्न पाँच घण्टा लाग्थ्यो। “अहिले सडक बनेयता एक घण्टामा नेपालगञ्ज पुगिन्छ”, नाउले भने, “बाटो बनेपछि नेपालगञ्ज पुग्न सजिलो भयो।”  मेनका चौधरी/रासस

"> नरैनापुरमा बिजुली पुग्यो, स्थानीयवासी हर्षित   : Dekhapadhi
नरैनापुरमा बिजुली पुग्यो, स्थानीयवासी हर्षित
बाँके। “एकचोटी गाउँमा आगलागी भयो, २०० घरमा ४५ घर जोगिए”, नरैनापुरका विनय दिक्षीतले भने,, “आगलागीको अर्को दिन बल्ल दमकल आइपुग्यो।” नेपालगञ्जदेखि ३५ किलोमिटरको दूरीमा रहेको नरैनापुर दुर्गम नभए पनि दुर्गम देखिनका लागि अनगिन्ती विशेषता बोकेको थियो।

नरैनापुर गाउँपालिकाको सुइया गाउँमा देखिएको उत्साहले प्रदेशसभा सदस्य कृष्णा केसी नमूना पनि उत्साहित छिन्। सबैको सहयोग अनि समन्वयले नरैनापुरमा बिजुली बाल्ने कुरा सम्भव भएको उनले बताइन्। “यसको सदुपयोग अब यहीँका जनताले गर्ने हो”, उनले भनिन्, “सिक्टाको पूर्वी नहर आउँदैछ अब नरैनापुरलाई कृषि केन्द्र बनाउनुपर्छ।”

दुई दशकअघि नरैनापुरवासीले बिजुलीका पोल मात्र देखेका थिए। हरेक चुनावमा नेताले गाउँमा बिजुली बाल्ने सपना देखाए तर नरैनापुर–५ मुन्सीप्रसाद यादवले गाउँमा बिजुली बलेको कहिले देखेका थिएनन्। अहिले पहिलोपटक पोलमा बत्ती बलेको उनले देखे। “गाउँमा बत्ती बलेको देख्दा निकै खुशी लागेको छ”, उनले भने, “अब हाम्रो गाउँ पनि उज्यालो हुने भयो।”

चार बिघा जमिनमा नालाको पानी बोरिङ गरेर उनी खेती गर्छन्। घरमा सोलारबाट बत्ती बाल्थे। टिभी हेर्न ब्याट्री चार्ज गर्न भारत पुग्नुपर्थ्यो। घरमा बिजुली नभएका कारण सबै कोठामा पङ्खा जडान गरिएको थिएन। “अब खेतीका लागि बोरिङ गर्न सजिलो हुनेभयो”, उनले भने, “खेती किसानी गर्ने सबैलाई फाइदा हुने भयो।”

यादव मात्रै होइन बिजुली बलेको देख्दा गाउँमा नै खुशियाली छाएको छ। नरैनापुर–१ मजुरोटीका अहमद दर्जी बिजुली आउनु गाउँकै लागि खुशीको कुरा भएको बताउँछन्। “बत्ती र सडक नहुँदा धेरै दुःख थियो, सोलारले बत्ती बाल्थ्यौँ”, उनले भने, “बत्ती नहुँदा परीक्षामा केटाकेटी राम्रोसँग पढ्न पाउँदैनथे।”

नेपालगञ्जबाट ३५ किलोमिटर दूरीमा रहेको नरैनापुर पुग्न पाँच घण्टा लाग्थ्यो। पुल बन्नुअघि राप्तीमा डुङ्गा चल्थ्यो। स्थानीयवासी डुङ्गाकै भरमा किनमेल अनि सरकारी कामका लागि नेपालगञ्ज पुग्थे। “नून तरकारी भारतबाट लिएर खान्थ्यौँ”, नरैनापुर–५ मटेहयाका ७१ वर्षीय नन्कउ नाउले विगत सम्झँदै भने, “बिरामी भयौँ भने यहीँ मर्थ्यौँ।”

केही वर्षअघि आफैं खुट्टाको क्यान्सरले थला परेपछि उनी उपचारका लागि नेपालगञ्ज पुग्न सकेनन्। ६ महीना लखनउमा उपचार गरे। नरैनापुरबाट भारत पुग्न तीन घण्टा लाग्छ। नेपालगञ्ज पुग्न पाँच घण्टा लाग्थ्यो। “अहिले सडक बनेयता एक घण्टामा नेपालगञ्ज पुगिन्छ”, नाउले भने, “बाटो बनेपछि नेपालगञ्ज पुग्न सजिलो भयो।”  मेनका चौधरी/रासस

प्रतिक्रिया दिनुहोस्