काठमाडौं। लेबनानका कानुनमन्त्री मारिया क्लाउड नाज्मले पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री हसन डिअबलाई राजीनामा पत्र बुझाइसकेको लेबनानको प्रसारक संस्था एम टीभीले जनाएको छ ।

यसअघि सञ्चार मन्त्री मनल अब्देल समद र वातावरण मन्त्री डामियनोस कात्तारले पनि राजीनामा दिइसकेका छन्। बेरुतमा केही दिनअघि भएको विस्फोटन र त्यसपछि भएको विरोधका कारण तीनै जनाले राजीनामा दिएको समाचारमा जनाइएको छ ।

यही अगस्ट महिनाको ४ तारिखमा भएको विस्फोटनमा परी १५८ जनाको मृत्यु भएको छ भने छ हजारभन्दा बढी घाइते भएका छन्।  त्यसैगरी लाखौ बराबरको भौतिक क्षति भएको र सहरको झण्डै आधा घरमा विस्फोटनको असर परेको छ।

बेरुतमा भएको विस्फोटनका कारण अझै पनि केही मानिस बेपत्ता अवस्थामै छन् भने लाखौँ विस्थापित भएका छन्।

लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा गत मङ्गलबार अबेर शक्तिशाली विस्फोट भएको थियो। करिब दुई हजार ७५० टन ‘एमोनियम नाइट्रेट नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम विष्फोट भएको थियो।

" /> काठमाडौं। लेबनानका कानुनमन्त्री मारिया क्लाउड नाज्मले पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री हसन डिअबलाई राजीनामा पत्र बुझाइसकेको लेबनानको प्रसारक संस्था एम टीभीले जनाएको छ ।

यसअघि सञ्चार मन्त्री मनल अब्देल समद र वातावरण मन्त्री डामियनोस कात्तारले पनि राजीनामा दिइसकेका छन्। बेरुतमा केही दिनअघि भएको विस्फोटन र त्यसपछि भएको विरोधका कारण तीनै जनाले राजीनामा दिएको समाचारमा जनाइएको छ ।

यही अगस्ट महिनाको ४ तारिखमा भएको विस्फोटनमा परी १५८ जनाको मृत्यु भएको छ भने छ हजारभन्दा बढी घाइते भएका छन्।  त्यसैगरी लाखौ बराबरको भौतिक क्षति भएको र सहरको झण्डै आधा घरमा विस्फोटनको असर परेको छ।

बेरुतमा भएको विस्फोटनका कारण अझै पनि केही मानिस बेपत्ता अवस्थामै छन् भने लाखौँ विस्थापित भएका छन्।

लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा गत मङ्गलबार अबेर शक्तिशाली विस्फोट भएको थियो। करिब दुई हजार ७५० टन ‘एमोनियम नाइट्रेट नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम विष्फोट भएको थियो।

"> लेबनानकी कानून मन्त्रीले पनि दिइन् राजीनामा: Dekhapadhi
लेबनानकी कानून मन्त्रीले पनि दिइन् राजीनामा
काठमाडौं। लेबनानका कानुनमन्त्री मारिया क्लाउड नाज्मले पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री हसन डिअबलाई राजीनामा पत्र बुझाइसकेको लेबनानको प्रसारक संस्था एम टीभीले जनाएको छ ।

यसअघि सञ्चार मन्त्री मनल अब्देल समद र वातावरण मन्त्री डामियनोस कात्तारले पनि राजीनामा दिइसकेका छन्। बेरुतमा केही दिनअघि भएको विस्फोटन र त्यसपछि भएको विरोधका कारण तीनै जनाले राजीनामा दिएको समाचारमा जनाइएको छ ।

यही अगस्ट महिनाको ४ तारिखमा भएको विस्फोटनमा परी १५८ जनाको मृत्यु भएको छ भने छ हजारभन्दा बढी घाइते भएका छन्।  त्यसैगरी लाखौ बराबरको भौतिक क्षति भएको र सहरको झण्डै आधा घरमा विस्फोटनको असर परेको छ।

बेरुतमा भएको विस्फोटनका कारण अझै पनि केही मानिस बेपत्ता अवस्थामै छन् भने लाखौँ विस्थापित भएका छन्।

लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा गत मङ्गलबार अबेर शक्तिशाली विस्फोट भएको थियो। करिब दुई हजार ७५० टन ‘एमोनियम नाइट्रेट नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम विष्फोट भएको थियो।

प्रतिक्रिया दिनुहोस्