जोशीपुर गाउँपालिकाका नायव सुब्बा जोशीविरूद्ध भ्रष्टाचार मुद्दा <p>काठमाडाैं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोशीपुर गाउँपालिका कैलालीका नायव सुब्बा सिद्धराज जोशीलाई घुस लिएको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।</p> <p>सिलाइकटाइ तालिम, सैलनु र चुरा बनाउने तालिम दिई सफलतापूर्वक सम्पन्न गरी चेक भुक्तानी गरेपछि सेवाग्राहीसँग घुस माग गर्दै गरेको भन्ने सूचनाका आधारमा कञ्चनपुरबाट गएको आयोगको टोलीले जोशीलाई केही दिन पहिले पक्राउ गरेको थियो।</p> <p>आरोपी जोशी सेवाग्रहीसँग ८५ हजार रूपैयाँ घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको थियो।</p> <p>आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार जोशीविरुद्ध बिगो असुल गरी कारबाहीको माग गर्दै आज मुद्दा दायर गरिएको हो। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्