विरेन्द्रनगर। नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरीसहित तीन जना कार्यकर्ता पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको टोलीले चन्दका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो।
मुगुका जिल्ला सेक्रेटरी उदय भनिने राजबहादुर भाम र जुम्लाको हिमा गाउँवालिकाका नन्दबहादुर तिरुवा र सपना बुढा पक्राउ परेको प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए।
बाँस्तोलाका अनुसार पक्राउ परेका चन्दका नेता-कार्यकर्ताबाट चन्दा असुल गरेका ठेलीसँगै विभिन्न जनप्रतिनिधिको नामावली, सदस्यता फारम, पार्टीका किताबसमेत बरामद गरिएको छ।
" /> विरेन्द्रनगर। नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरीसहित तीन जना कार्यकर्ता पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको टोलीले चन्दका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो।मुगुका जिल्ला सेक्रेटरी उदय भनिने राजबहादुर भाम र जुम्लाको हिमा गाउँवालिकाका नन्दबहादुर तिरुवा र सपना बुढा पक्राउ परेको प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए।
बाँस्तोलाका अनुसार पक्राउ परेका चन्दका नेता-कार्यकर्ताबाट चन्दा असुल गरेका ठेलीसँगै विभिन्न जनप्रतिनिधिको नामावली, सदस्यता फारम, पार्टीका किताबसमेत बरामद गरिएको छ।
">