काठमाडौं। विदेशी शक्तिहरूसँग साँठगाँठ रहेको आरोपमा हङकङका सञ्चार उद्यमी जिमी लाइलाई पक्राउ गर्नुका साथै उनका सञ्चार गृहमा छापा मारिएको छ।
जुनमा चीनले विवादास्पद सुरक्षा कानून हङकङमा लादेयता पक्राउ गरिएका लाइ सबभन्दा हाई प्रोफाइल व्यक्ति हुन्।
हङकङमाथि चीनको हस्तक्षेपको विरुद्ध गत वर्ष भएको आन्दोलनका लाइ खाँटी समर्थक हुन्। बेलायतको समेत नागरिकता भएका ७१ वर्षे लाइलाई हङकङमा प्रजातन्त्रका सिपाहीका रूपमा चिनिन्छ।
पुलिसले लाइको एप्पल डेली पत्रिकाको कार्यालयमै छिरेर उनीसहित सातजनालाई पक्राउ गरेको थियो। चिनियाँ सरकारका लागि आँखी बनिरहेका लाइ पक्राउ परेपछि त्यसको विरुद्धमा हङकङका विभिन्न स्थानमा प्रदर्शनहरू भएका छन्।
एप्पल डेली हङकङको सबभन्दा बढी पढिने डिजिटल पत्रिका हो।
" /> काठमाडौं। विदेशी शक्तिहरूसँग साँठगाँठ रहेको आरोपमा हङकङका सञ्चार उद्यमी जिमी लाइलाई पक्राउ गर्नुका साथै उनका सञ्चार गृहमा छापा मारिएको छ।जुनमा चीनले विवादास्पद सुरक्षा कानून हङकङमा लादेयता पक्राउ गरिएका लाइ सबभन्दा हाई प्रोफाइल व्यक्ति हुन्।

">