काठमाडौं। एक महिलालाई ‘विवाह गर्छु’ भन्दै सँगै राखेर जबर्जस्ती करणी गरेको र धनमाल लिएर सम्पर्कविहीन भएको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले काठमाडौंको चन्द्रागिरि नगरपालिका-६ बस्ने धादिङको सिद्धलेख गाउँपालिका-७ घर भएका ३० वर्षीय राजन विश्वकर्मा भन्ने राजन सेन्चुरीलाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले काठमाडौंको चन्द्रागिरि नगरपालिका-६ थानकोट चेकपोष्टबाट उनलाई पक्राउ गरेको हो।
राजनले महिलालाई केही महिना अगाडि फोन गरी आफ्नो नाम राजन श्रेष्ठ बताइ भेटघाट गर्न बोलाएको र भेटघाटमा आफू अविवाहित पुरुष भएको बताएको पीडित महिलाको कुरा उद्धृत गर्दै प्रहरीले जनाएको छ।
“भेटघाटमा राजनले विवाह गर्न राखेको प्रस्ताव स्वीकार गरी उनीहरूले प्रेम विवाह गरेर साउन १६ गते देखि २१ गतेसम्म थानकोट चेकपोष्टस्थित डेराकोठामा बसेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ।” प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्रसिं राठौरले बताए।
साउन २२ गते राजनलाई कोठाबाट सम्पर्कविहीन भएको र दराजमा राखेको नगद दुई लाख रूपैयाँ, एक तोला बराबरको सुनको सिक्री, एक तोला बराबरको सुनको रिङ र एक थान मोबाइल राखेको स्थानमा नभएको भन्दै महिलाले प्रहरीमा उजुरी दिएका थिए।
पक्राउ परेका राजन उपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम जबर्जस्ती करणी तथा ठगी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
" /> काठमाडौं। एक महिलालाई ‘विवाह गर्छु’ भन्दै सँगै राखेर जबर्जस्ती करणी गरेको र धनमाल लिएर सम्पर्कविहीन भएको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीले काठमाडौंको चन्द्रागिरि नगरपालिका-६ बस्ने धादिङको सिद्धलेख गाउँपालिका-७ घर भएका ३० वर्षीय राजन विश्वकर्मा भन्ने राजन सेन्चुरीलाई पक्राउ गरेको हो।

">