मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
<p>बारा। बाराको पचरौता नगरपालिका-८ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।</p>
<p>ना.३४ प ३४०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किएर सोमबार बिहान दुर्घटना हुँदा अन्दाजी ३१ वर्षीय युवकको मृत्यु भएको हो।</p>
<p>उनको पहिचान खुली नसकेको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
