डुबेर दुई जनाको मृत्यु <p>काठमाडौं। रूपन्देहीको रोहिणी गाउँपालिका&ndash;३स्थित हिरा इट्टा उद्योगमा काम गर्ने एक किशोरीको डुबेर मृत्यु भएको छ।&nbsp; १८ वर्षीया आशिया दर्जीको खाल्डोमा डुबेर मृत्यु भएको हो। इट्टा बनाउन निकालिएको खाल्डोमा जमेको पानीमा उनी आइतबार डुबेकी थिइन्। तर उनको शव भने आज मात्र फेला परेको हो।</p> <p>उता धनुषाको इश्वरनपुर नगरपालिका&ndash;५ वयलबासका १२ वर्षीय सुमन महतोको पनि पोखरीमा डुबेर मृत्यु भएको छ। उनी पोखरीमा नुहाउने क्रममा डुबेका थिए। डुबेर अचेत भएका महतोको फूलकुमारी मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।</p> <p>&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्