काठमाडौं। कञ्चनपुरको बेलौरी नगरपालिकाको वडा नम्बर-७ मा दम्पती हत्यामा संलग्न चारजना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रकाश ऐर, दिनेश राना, होरी राना र रवि रानालाई सार्वजनिक गरेको हो।

उनीहरूमाथि साउनको १६ गते अन्दाजी ६ बजेको समयमा ७० वर्षीय घनश्याम खाती र ६८ वर्षीया बेलुदेवी खातीको हत्या गरेको अभियोग लागेको छ।

घटनाको अनुसन्धान गरिरहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूको संलग्नता देखिएको बताए।

प्रहरीले सुरुमा मृतक खाती दम्पतीको छोरा ३८ वर्षीय राजेश खाती र उनका साथी दिनेश खातीलाई नियन्त्रणमा लिएको थियो।

तर, घटनामा छोरा राजेशको संलग्नता नखुलेपछि उनलाई छाडिएको थियो। दिनेशको भने संलग्नता देखिएको थियो।

त्यसपछि हिरासतमा लिएर अनुसन्धान गर्ने क्रममा घटनामा प्रकाशसहित होरी र रविको संलग्नाबारे खुलेको थियो।

यसरी बनाइएकाे थियाे हत्या योजना

हत्या अभियोगमा संलग्नमध्येका प्रकाश ऐर खाती दम्पतीका छिमेकी हुन्। प्रहरीका अनुसार लामो समयदेखि उनीहरूकाे परिवारबीच एकापसमा बोक्सी आरोपप्रत्याराेप लगाउने गरिएकाे थिए।

सोही रिसइबीकै कारण ऐरले खाती दम्पतीको हत्याको योजना बनाए। त्यसपछि ऐरले जिल्लाकै कृष्णपुर नगरपालिका-२ का रवि रानालाई भेटे। हत्या गर्न भनेर रविलाई चार लाख रूपैयाँ ‘सुपारी’ दिए।

हत्या गर्ने योजनामा रविले भने होरी राना र दिनेश रानालाई संलग्न गराए। उनीहरूले हत्याको मिति साउनको १६ तय गरे। अनुकूल वातावरण बनाउन खाती दम्पतीका छोरा राजेशलाई अलग ठाउँमा लाने योजना पनि बनाए।

सोहीअनुसार दिनेश र होरी राजेशको घरमा गए। र, राजेशलाई लिएर अन्यत्रै लगे। रक्सी खुवाएर मताए। घर जान निकै बेर दिएनन्। यो घटना साउनको १६ गतेको हो।

यता घरमा पुगेर रविले राजेशका बुबा घनश्याम र आमा बेलुदेवीमाथि धारिलो हतियार प्रहार गरिसकेका थिए। समय साँझको करिब ६ बजेको थियो। घटनास्थलमै बेलुको मृत्यु भयो। घनश्याम भने गम्भीर घाइते भए।

घटना भएपछि मात्रै दिनेशले राजेशलाई मोटरसाइकलमा चढाएर घर पुर्‍याएको पाइएको डीएसपी थापाले बताए।

घटनाबारे थाहा पाएलगत्तै कञ्चनपुर जिल्ला प्रहरी कार्यालयबाट डीएसपी थापाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थाल्यो। त्यसको भोलिपल्ट धनगढीबाट तालिमप्राप्त विशेषज्ञ कुकुरसहितको टोली घटनास्थलमा पुग्यो।

घटनाको तीन दिनपछि (साउनको १९ गते) छोरा राजेशले प्रकाश ऐर, दिनेश राना, होरी राना र रवि रानाविरुद्ध किटानी जाहेरी प्रहरीका दिए। उक्त उजुरीका आधारमा उनीहरू चारैजना पक्राउ परेका हुन्।

उनीहरूविरुद्ध प्रहरीले जिल्ला अदालत कञ्चनपुरमा म्याद थप अनुमति लिएर अनुसन्धान थालेको छ।

प्रहरीले कृष्णपुर नगरपालिका वडा नम्बर-२ स्थित घरबाट ‘सुपारी’ बापत् प्राप्त रकममध्ये एक लाख ५० हजार रूपैयाँ बरामद् गरेको जनाएको छ।

घटनामा गम्भीर घाइते भएका घनश्यामको गएराति निधन भएको छ।

" /> काठमाडौं। कञ्चनपुरको बेलौरी नगरपालिकाको वडा नम्बर-७ मा दम्पती हत्यामा संलग्न चारजना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ।

"> खाती दम्पती हत्या प्रकरण : हत्या गर्न चार लाख ‘सुपारी’ दिएको खुलासा, चारजना पक्राउ: Dekhapadhi
खाती दम्पती हत्या प्रकरण : हत्या गर्न चार लाख ‘सुपारी’ दिएको खुलासा, चारजना पक्राउ

प्रतिक्रिया दिनुहोस्