करेन्ट लागेर ६० वर्षीय पुरुषको मृत्यु
<p style="text-align: justify;">काठमाडौं। बाराको कलैया उपमहानगरपालिका–७ बरेवा टोलका ६० वर्षीय राजाराम मालिको करेन्ट लागेर मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">सोही ठाउँका रवीन्द्र सिहंको छत ढलान गर्ने क्रममा बिजुलीको अचानक तार छुन पुग्दा हिजो करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए।</p>
<p style="text-align: justify;">उनको नर्सिङ् होम बारामा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। </p>