भारतका पूर्वराष्ट्रपति मुखर्जीलाई कोरोना संक्रमण

काठमाडौं। भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरस संक्रमण भएको छ।

उनको कोरोना परीक्षण गर्दा आज नतिजा पोजिटिभ आएको हो।

पूर्वराष्ट्रपति मुखर्जी स्वयंले ट्वीट गर्दै आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

“म केही कामले अस्पताल गएको थिएँ। त्यहाँ कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको छ। म बितेको साता मेरो सम्पर्कमा आउनु भएका व्यक्तिहरूलाई आइसोलेसनमा बस्न र कोरोना परीक्षण पनि गराउन अनुरोध गर्दछु,” मुखर्जीले ट्वीटरमार्फत भनेका छन्।

मुखर्जी भारतका १३औं राष्ट्रपति हुन्।

प्रतिक्रिया दिनुहोस्