काठमाडौं । लुटपाट गरेको आरोपमा प्रहरीले रौतहटमा एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मौलापुर नगरपालिका-३ का २५ वर्षीय राकेश राय यादव रहेका छन्।
फतुवा विजयपुर नगरपालिका-१ गम्हरियाका २३ वर्षीय नविनकुमार यादवको साथबाट नगद ५० हजार रूपैयाँ र १ थान मोबाइल लुटपाट गरेको उनीमाथि आरोप छ।
प्रहरीका अनुसार नविनले फतुवा विजयपुर नगरपालिका-५ सन्तपुरस्थित आईएमईबाट उक्त नगद निकाली घरतर्फ जाँदै थिए।
गम्हरियास्थित नहरको नजिकमा बिआर ०५ क्यू ०३७७ नम्बरको मोटरसाइकल चालक राकेश राय यादव र मोटरसाइकलमा सवार १८ वर्षीय एक किशोरले नविनको साथबाट उक्त नगद लुटेर फरार भएका थिए।
लुटपाटमा संलग्नमध्येका किशोर भने अझै फरार छन्। उनलाई खोजीरहेको प्रहरीले जनाएको छ।
" /> काठमाडौं । लुटपाट गरेको आरोपमा प्रहरीले रौतहटमा एकजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा मौलापुर नगरपालिका-३ का २५ वर्षीय राकेश राय यादव रहेका छन्।

">