काठमाडौं। पेमेन्ट गेटवे इसेवाले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक गरेको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ योजनाका विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ।
बम्पर उपहार विजेता मकवानपुरका लेखनाथ पौडेललाई यमाहाको एफ जेड एस एफ आई भी थ्री मोटरसाइकल हस्तान्तरण गरिएको छ।
यसैगरी अर्को बम्पर उपहार विजेता काठमाडौं रामकोटका किरण घलेलाई एक साताको लागि एक जोडीलाई दुवई ट्रिपको प्याकेज हस्तान्तरण गरिएको छ।
इसेवाको यस उपहार योजनामा ३ सय ५० जनाले विभिन्न उपहार जित्न सफल भएका छन्। ६ हप्तासम्म सञ्चालन भएको उपहार योजनामा हरेक हप्ता ५८ जना व्यक्तिले विभिन्न उपहार जितेका इसेवाले जनाएको छ।
इसेवामा हाल ५६ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन्। यी बैंक तथा वित्तीय संस्थाबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।
देशभर रहेका इसेवाका ६० हजार भन्दा बढी एजेन्टमार्फत् ७५ लाख भन्दा बढीले इसेवाका सेवा लिइरहेका छन् । हाल इसेवामा ७० हजार भन्दा बढी मर्चेन्ट आवद्ध छन्।