काठमाडौं। अफगानिस्तानमा विगत लामो समयदेखि सशस्त्र हिंसा गरिरहेका तालिबानी लडाकूहरुको समूह अफगानिस्तानको सरकारसँग वार्ता गर्नका लागि तयार रहेको बताइएको छ।
उनीहरूका बन्दीहरुलाई अफगानिस्तानको सरकारले मुक्त गरिदिएमा तालिबानीहरु यसै हप्तामा नै सरकारसँग वार्तामा बस्न तयार भएको प्रवक्ता सुहिल साहिनाले बताएका छन्।
साहिनालाई उद्धृत गर्दै अफगानिस्तानको टोलो टेलिभिजनले रिहा गर्ने भनेका तालिबानीहरूका बन्दीहरूलाई सरकारले रिहा गरिदिएमा उनीहरू वार्तामा बस्न तयार छन् र उनीहरू यसै हप्ता पनि वार्तामा बस्न तयार रहेको उल्लेख छ।
अफगानिस्तानको सरकारसँग अब हुने पहिलो चरणको वार्तामा उनीहरूको तर्फबाट यसअघि भएको वार्ताका प्रमुख सहयोगकर्ता अबास स्टानिकजाले नेतृत्व गर्ने जानकारी पनि तालिबानीहरुले दिएका छन्। अब्बास तालिबानीका तर्फबाट यसअघि अमेरिकासँग भएको वार्ताका सहयोगकर्ता पनि हुन्।
यसअघि हालैमात्र अफगानिस्तानको लोया जिर्गाले अफगानिस्तानको सरकारी जेलमा रहेका ४०० जना तालिबानलाई रिहा गर्ने सम्बन्धी सरकारको प्रस्तावलाई स्वीकृति प्रदान गरेको थियो ।
सरकारको यस निर्णयसँगै अफगानिस्तानमा तालिबानहरुको समूहले सरकारसँग वार्ता गर्ने सहमति जनाएको हो। यसअघि केही महीनाअघि अफगानिस्तान सरकार र तालिबानबीच वार्ता गर्ने सहमति भएको थियो।
केही महिनाअघि कतारको राजधानी दोहामा अमेरिका, अफगानिस्तान र तालिबानबीच त्रिपक्षीय वार्ता भएको थियो।
रासस/एएनआई
" /> काठमाडौं। अफगानिस्तानमा विगत लामो समयदेखि सशस्त्र हिंसा गरिरहेका तालिबानी लडाकूहरुको समूह अफगानिस्तानको सरकारसँग वार्ता गर्नका लागि तयार रहेको बताइएको छ।उनीहरूका बन्दीहरुलाई अफगानिस्तानको सरकारले मुक्त गरिदिएमा तालिबानीहरु यसै हप्तामा नै सरकारसँग वार्तामा बस्न तयार भएको प्रवक्ता सुहिल साहिनाले बताएका छन्।

">