काठमाडौं। गोंगबुको गणेश मन्दिरदेखिभित्र पर्ने नवज्योती मार्गमा हिजो बिहान फेला परेको शवको पहिचान अझैसम्म भएको छैन। टाउको र खुट्टा जेब्राको झोलामा र शरीर सुट्केसमा भएको शव हिजो २५ साउन बिहान फेला परेको थियो। प्रहरीले मृतकको उमेर अन्दाजी ४०/४५ वर्ष भएको जनाएको छ। प्रहरीका अनुसार उनी को हुन् र कहाँका हुन् भन्ने खुलेको छैन।
घटनाको अनुसन्धानमा खटिएका महानगरीय अपराध महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले कुनै आफन्त सम्पर्कमा नआएको बताए। मृतकको पहिचान खुल्ने कुनै प्रमाण पनि फेला नपरेको उनी बताउँछन्।
“हामीलाई अहिले सबैभन्दा गाह्रो भएको विषय भनेको मान्छे को हो भन्ने नै हो र हराएका मान्छे (मृतक) को आफन्त आइदिए हुन्थ्यो”, एसएसपी थापाले देखापढीसँग भने, “मान्छेको पहिचान नै अनुसन्धानमा ठूलो कुरा हुन्छ, मान्छे थाहा पाउन साथ उसँग जोडिएका मान्छेहरूबाट अनुसन्धान गरेर हामी अगाडि बढ्थ्यौं र फेरि उनको पहिचान खुल्ने केही फेला परेको छैन।”
प्रहरीले हुलियाका आधारमा सम्पर्कमा आउन आफन्तलाई आग्रह गरेको छ। आफन्त सम्पर्कमा आएको अवस्थामा घटनाको अनुसन्धान कार्यमा प्रगति हुने प्रहरीको दाबी छ। आज दिउँसो महागरीय अपराध महाशाखाले मृतकको तस्वीर पनि सार्वजनिक गर्ने जनाएको छ।
“मान्छे पहिचान हुनसाथ उसलाई मार्न पर्ने कारण के?, उनका साथीसँगी सर्कल, परिवारसम्मै अनुसन्धानमा छिर्छौं र अहिले हामीलाई त्यहाँ गाह्रो भएको छ”, एसएसपी थापाले भने, “आज हामी तस्वीर सार्वजनिक गर्छौं।” प्रहरीले घटनाको अनुसन्धान सुक्ष्म ढङ्गले गरिरहेको छ। समय लागेपनि घनाबारे सत्य–तथ्य चाँडै बाहिर ल्याउने प्रहरीले बताउँदै आएको छ।
यससँगै ती व्यक्तिको हत्या शव फेला परेको स्थलमा नभएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। अन्यत्रै हत्या गरी शव ल्याएर त्यहाँ राखेको भन्नेमा प्रहरी ढुक्क छ। यसले गर्दा प्रहरी हत्या गरिएको वास्तविक घटनास्थलको खोजीमा पनि जुटेको छ। आज घटनास्थलमा महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीको नेतृत्वमा पाँच टोली खटिएका छन्।
टोलीले टाउको र खुट्टा तथा शरीर फेला परेको स्थल आसपासको घरका हजार भन्दा बढी कोठाहरूमा ‘सर्च अपरेसन’ चलाइसकेको छ। टोलीले आज पनि अपरेसनलाई निरन्तरता दिने भएको छ। यसअघि हिजो महाशाखाका एसएसपी थापा, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी श्यामलाल ज्ञवाली, फरेन्सिक विशेषज्ञ र अपराध अनुसन्धानमा विशेषज्ञ कुकुरसहितको प्रहरी टोली पनि घटनास्थलमा पुगेर अनुसन्धान गरेको थियो।
‘ह्युमन इन्टेलिजेन्स’ सँगै ‘टेक्निकल इन्टेलिजेन्स’को काम भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। परिसरका अनुसार घटनासँग सम्बन्धित धेरै कुरा ‘रिकभर’ भएको छ। हाल हत्या गरिएका अवस्थामा फेला परेको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।
" /> काठमाडौं। गोंगबुको गणेश मन्दिरदेखिभित्र पर्ने नवज्योती मार्गमा हिजो बिहान फेला परेको शवको पहिचान अझैसम्म भएको छैन। टाउको र खुट्टा जेब्राको झोलामा र शरीर सुट्केसमा भएको शव हिजो २५ साउन बिहान फेला परेको थियो। प्रहरीले मृतकको उमेर अन्दाजी ४०/४५ वर्ष भएको जनाएको छ। प्रहरीका अनुसार उनी को हुन् र कहाँका हुन् भन्ने खुलेको छैन।घटनाको अनुसन्धानमा खटिएका महानगरीय अपराध महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले कुनै आफन्त सम्पर्कमा नआएको बताए। मृतकको पहिचान खुल्ने कुनै प्रमाण पनि फेला नपरेको उनी बताउँछन्।

">