काठमाडौं। महात्मा गान्धीले लगाएको चस्मा बेलायतमा अनलाइन लिलामीमा राखिएको छ।
सुनको जलप लगाइएको उक्त चस्मा गान्धीले लगाएको मानिएको छ। यसको मूल्य १० हजारदेखि १५ हजार पाउन्डबीच रहने अनुमान गरिएको छ।
यो चस्मा गान्धीले १९०० को दशकमा एकजनालाई उपहार दिएका थिए। दक्षिण-पश्चिम बेलायतको उपनगर हनहमस्थित कम्पनी इस्ट ब्रिस्टल अक्सन्समा आइतबार चस्माबारे दिइएको जानकारी चकित पार्नेखालको थियो।
गान्धीको चस्मा खामबन्दी गरेर हुलाकमा पठाइएको थियो। लिलाम कम्पनीका एन्डी स्टोवले यो ठूलो महत्वको विषय भएको बताए।
बिक्रेताले चस्माको अनौठो कथा त बताए, तर त्यसको मूल्य भने खोलेनन्। बिक्रेताले स्टोवलाई यतिसम्म भने कि, यो यदि मूल्यवान् छैन भने त्यत्तिकै नष्ट गरिदिन्छु।
तर, जब यसको मूल्य स्टोवले बताए, तब उनी छक्क परे। सुरुमा चस्माको अनलाइन मूल्य ६ हजार पाउन्ड तोकिएको थियो।
बेलायतका एक अज्ञात ज्येष्ठ नागरिकको परिवारसँग यो चस्मा थियो। बिक्रेतालाई उनका पिताले उक्त चस्मा उनका काकालाई गान्धीले उपहार दिएको बताएका थिए। १९१० देखि १९३०को अवधिमा उनी अफ्रिकामा ब्रिटिस पेट्रोलियममा काम गर्थे।
२१ अगस्टमा आयोजित हुने अनलाइन लिलामी समारोहले मानिसलाई खुबै आकर्षित गरिदिएको छ। कतिपय भारतीयले पनि यसमा चासो दिएका छन्।
(एजेन्सी)
" /> काठमाडौं। महात्मा गान्धीले लगाएको चस्मा बेलायतमा अनलाइन लिलामीमा राखिएको छ।सुनको जलप लगाइएको उक्त चस्मा गान्धीले लगाएको मानिएको छ। यसको मूल्य १० हजारदेखि १५ हजार पाउन्डबीच रहने अनुमान गरिएको छ।

">