प्रदेश १ मा सरकारी र सार्वजनिक जग्गाको खोजी शुरु <p>विराटनगर । प्रदेश नम्बर एक सरकारले आफ्नो प्रदेशभरिका सरकारी र सार्वजनिक जग्गाको खोजी शुरु गरेको छ। यसका लागि प्रदेश एकको मन्त्रीपरिषद् बैठकले विभिन्न मन्त्रालयका सचिवहरु रहने गरि पाँच सदस्य रहेको समिति गठन गरेको छ।</p> <p>समितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानून सचिव सदस्य, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सदस्य, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव सदस्य र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव सदस्य सचिव रहेका छन्।&nbsp;</p> <p>प्रदेशभरि रहेका सबै जिल्लाका मालपोत र भुमिसुधारसँग सम्बन्धित कार्यालयहरुसँग समन्वय गरेर जग्गाको लगत लिने, बाँझो, खेतीयोग्य जमिन, प्लटिङ्ग गरिएका जमिनको विस्तृत विवरण लिएर जग्गा व्यवस्थापनसम्बन्धी प्रादेशिक योजना कार्यान्वयन गरिने भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डाक्टर राजेन्द्र उप्रेतीले बताएका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्