काठमाडौं। एक लाख संख्यासम्म गन्न कति समय लाग्ला ? ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउने मानिस उक्त संख्यामा पुग्न जम्माजम्मी १६४ दिन लाग्यो।
यहाँ शुरूमा संक्रमण त्यति तीव्र थिएन, १२ मार्चमा पहिलो मृत्यु भयो। ९ मे पुग्दा मृत्यु संख्या १० हजार पुगेका थिए।
त्यसपछि संक्रमितको ग्राफ यसरी उकालो लाग्दै गयो कि, देशले धान्न मुस्किल पर्दै गयो। संक्रमितको संख्या १० हजारबाट ५० हजार पुग्न महीना दिन नै पर्याप्त हुन गयो।
शनिबारसम्म ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ४७७ पुगेको छ। उता, हाम्रो दक्षिणी छिमेकी भारतमा पनि उसैगरी संक्रमितको ग्राफ उकालो चढ्दै गएको छ।
यसले खुल्ला सीमा भएको नेपालमा समेत खतरा बढाइदिएको छ। भारतमा अहिले दैनिक ५० हजारको हाराहारीमा संक्रमित थपिइरहेका छन्। ४३ हजारभन्दा बढीको ज्यान गइसकेको छ। जनघनत्व कम भएका शहरमा समेत संक्रमण बढिरहेको छ। सीमानामा कडाइ गर्नुको विकल्प अब नेपालसँग छैन।
ब्राजिल होस् या भारत, ती देशमा कोरोना संक्रमणबाट जोगिन सरकारले के गरिरहेको छ भन्ने प्रश्न अहिले चौतर्फी उठिरहेको छ।
ब्राजिलमा शहरी जनघनत्व त्यति ठूलो छैन, जति भारतमा छ। कतिपय शहरमा लाखभन्दा पनि कम जनसंख्या रहेको छ। तर, पनि कोरोना तीव्र गतिमा फैलिन पुगेको छ।
अहिले अमेरिकापछि अधिक मृत्यु हुनेमा ब्राजिल छ। अमेरिकामा एक लाख ६० हजारभन्दा बढीको ज्यान कोरोनाका कारण भइसकेको छ।
संक्रमितको दरका आधारमा ब्राजिलमा मृत्यु कम भएको देखिन्छ। फ्रान्स, इटली, बेलायत, बेल्जियम, स्विडेनमा मृत्यु दर अधिक छ।
अहिले कतिपय मुलुकले संक्रमण नियन्त्रणमा सफलता पाइसकेका छन्। तर, ब्राजिल र भारतले भने कहिले नियन्त्रण गर्न सक्ने हुन् भन्न सकिन्न।
(बीबीसीमा आधारित)
" /> काठमाडौं। एक लाख संख्यासम्म गन्न कति समय लाग्ला ? ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउने मानिस उक्त संख्यामा पुग्न जम्माजम्मी १६४ दिन लाग्यो।यहाँ शुरूमा संक्रमण त्यति तीव्र थिएन, १२ मार्चमा पहिलो मृत्यु भयो। ९ मे पुग्दा मृत्यु संख्या १० हजार पुगेका थिए।

">