काठमाडौं। देशको तीन जिल्लामा अझैसम्म कारागार छैन। तराईको जिल्ला सर्लाही र हिमाली जिल्लाहरू मुगु र हुम्लामा कारागार नभएको हो।

कारागार नभएपछि मुगु र सर्लाही जिल्लाले थुनुवा, कैदी र बन्दीलाई अन्य जिल्लाको कारागारमा पठाउने गरेका छन्।

हुम्लाले भने सदरमुकाम सिमिकोटमा रहेको जिल्ला प्रहरी कार्यालयको एउटा कोठामा राख्ने गरेको छ।

कारागार नहुँदा यी तीन जिल्लाले वर्षौंदेखि समस्या झेल्नु परेको छ। मुगुका प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले जुम्ला, सुर्खेत र बाँकेको नेपालगञ्जमा जिल्लाका थुनुवा, कैदी र बन्दीलाई पठाउने गरिएको बताए। उनका अनुसार अधिकाँसलाई नजिकको जिल्ला जुम्ला पठाइने गरिएको छ।

“कारागार छैन, निर्माणाधीन अवस्थामा छ, हाल महिला कैदीबन्दी गृह बनेको र पुरुष कैदीबन्दी गृह बनिसकेको छैन”, उनले देखापढीसँग भने, “कार्यालय र सुरक्षाकर्मी बस्ने ठाउँ पनि बनेको छ तर, घेराबाराको काम बाँकी छ।”

असार महीनासम्मको विवरण अनुसार देशभरका कारागारमा २३ हजार ८०२ जना कैदीबन्दी छन्। त्यसमध्ये २२ हजार ४२१ जना पुरुष र एक हजार ३८१ जना महिला कैदीबन्दी रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ।

शहरी विकास तथा भवन निर्माण विभाग मातहत कारागार भवन बन्दै गरेको हो।

सर्लाहीमा पनि कारागार नभएको एक दशक बित्यो। भवन जीर्ण भएपछि भत्काइएको भवन निर्माण अझैसम्म सकिएको छैन। जसले गर्दा जिल्लाका थुनुवा, कैदी र बन्दीलाई सुनसरीको झुम्का कारागार पठाउनु पर्ने बाध्यता सर्लाहीलाई छ।

“मलङ्गवामा भवन निर्माणको क्रममा छ”, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने, “कारागार नहुँदा समस्या छ, हामीले झुम्का कारागार पठाउँदैछौं।”

हिमाली जिल्ला हुम्लाले भने कारागार नभएपनि कैदीबन्दीहरूलाई जिल्लामै राख्दै आएको छ।

सदरमुकाम सिमिकोटमा रहेको जिल्ला प्रहरी कार्यालयको एउटा कोठामा राखिने गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरीले बताए।

उनका अनुसार हुम्लामा ८/९ जना कैदीबन्दी छन्। “कारागार नै नभएपछि समस्या त हुने भयो नै, बनेपछि सहज हुन्छ” प्रजिअ गिरीले भने।

हाल देशका अधिकाँस जिल्लाका कारागारमा पनि क्षमताभन्दा तेब्बर बढीसम्म कैदीबन्दी छन्। जसले गर्दा उनीहरूलाई मुख्यतः आवासमा समस्या हुने गरेको छ।

तीमध्ये विदेशी कैदीबन्दी १ हजार २८७ जना रहेका छन्। विदेशीहरूमध्ये पनि धेरैजना भारतीय कैदीबन्दी छन्।

" /> काठमाडौं। देशको तीन जिल्लामा अझैसम्म कारागार छैन। तराईको जिल्ला सर्लाही र हिमाली जिल्लाहरू मुगु र हुम्लामा कारागार नभएको हो।

"> यी तीन जिल्ला जहाँ कारागार छैन: Dekhapadhi
यी तीन जिल्ला जहाँ कारागार छैन

प्रतिक्रिया दिनुहोस्