बागलुङ। मध्यपहाडी पुष्पलाल लोकमार्गको घोडाबाँधे–हटिया २० किमी खण्ड कालोपत्र भएको चार वर्ष पुग्यो। नियमित मर्मत तथा सुधार नहुँदा सडक लगभग पूर्ववत् स्थितिमा फर्केको छ। नालीको नामोनिसान छैन। पर्खाल जीर्ण छन्।
नयाँ–पुराना पहिराले सडक कुरुप बनेको छ। कालोपत्र उप्केको छ। सडकभर खाल्डाखुल्डी छन्। यात्रामा पाइलैपिच्छे जोखिम छ। यसपालिको अधिक वर्षाले त झन सडकलाई क्षतविक्षत तुल्याएको छ।
गलकोट नगरपालिका–१ र २ मा गरी चार ठाउँमा लोकमार्ग भासिएको छ। जम्दारे, भुङ्खानी, चौराहा र साइनपाटन सामुदायिक वन क्षेत्रमा उच्च जोखिम छ। जम्दारेको घुम्तीमा सडक भाँसिएपछि ठूला सवारी वारपार गर्न सक्ने स्थिति छैन। साँघुरिएको सडकमा बल्लतल्ल साना सवारी चल्छन्। “गाडी चलाउने जस्तो बाटै छैन, नचलाउँ किस्ता कसरी तिर्ने ?”, जीप चालक राजेन्द्र विकले भने। कालोपत्र भएको अर्को वर्षदेखि नै सडक बिग्रँदै गएको उनको भनाइ छ।
यस वर्षायाममा सडक झन बिग्रिएको उनले बताए। लगातारको वर्षाले जमिन गलेपछि सडक भाँसिएको वडा नं २ का अध्यक्ष हेमन्त भण्डारी बताउँछन्। “ठाउँठाउँमा पहिरा खस्ने र सडक भाँसिने भएपछि लोकमार्ग जोखिमयुक्त बनेको छ”, नगरपालिकाका प्रवक्तासमेत रहेका उनले भने।
तत्काललाई पहिरो पन्छाएर यातायात सञ्चालन गर्ने गरिएपनि दीर्घकालीनरूपमा सडक सुरक्षाको काम हुन सकेको छैन। “राष्ट्रिय गौरवको आयोजना भए पनि यसको रेखदेख र मर्मत, सुधारमा खासै ध्यान गएको देखिन्न”, अध्यक्ष भण्डारीले भने। रासस
" /> बागलुङ। मध्यपहाडी पुष्पलाल लोकमार्गको घोडाबाँधे–हटिया २० किमी खण्ड कालोपत्र भएको चार वर्ष पुग्यो। नियमित मर्मत तथा सुधार नहुँदा सडक लगभग पूर्ववत् स्थितिमा फर्केको छ। नालीको नामोनिसान छैन। पर्खाल जीर्ण छन्।नयाँ–पुराना पहिराले सडक कुरुप बनेको छ। कालोपत्र उप्केको छ। सडकभर खाल्डाखुल्डी छन्। यात्रामा पाइलैपिच्छे जोखिम छ। यसपालिको अधिक वर्षाले त झन सडकलाई क्षतविक्षत तुल्याएको छ।

">