काठमाडौं। हाल देशका अधिकांश भू-भागहरूमा समान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मनसुनी न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली) हाल पश्चिममा नेपालनजिक दक्षिणतर्फ अवस्थित रहेकोले मौसममा प्रभाव परेको छ।
आगामी २४ घण्टा केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको अनुमान गरिएको छ। उक्त स्थान आसपास भएर बहने स-साना नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
भोलि र पर्सि दुई दिन आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
" /> काठमाडौं। हाल देशका अधिकांश भू-भागहरूमा समान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।मनसुनी न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली) हाल पश्चिममा नेपालनजिक दक्षिणतर्फ अवस्थित रहेकोले मौसममा प्रभाव परेको छ।

">