काठमाडौं। जम्मु कश्मीरको बडगाम जिल्लामा भारतीय जनता पार्टीका कार्यकर्तामाथि गोली प्रहार भएको छ। प्रहरी अधिकारीहरुका अनुसार भाजपा कार्यकर्ता अब्दुल हामिद नजरमाथि आतंकवादीहरुले आज गोली चलाएका हुन्। गोली लागेर नजर घाइते भएका छन्।
बडगामको मोहिन्दपुरा क्षेत्रमा भएको गोली प्रहारबाट घाइते भएका नजरलाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ। जम्मु कश्मीरमा भाजपाका नेता-कार्यकर्तामाथि एक सातायता भएको यो तेस्रो आक्रमण हो। यसअघि दक्षिण कश्मीरको काजीगुन्ड क्षेत्रमा ६ अगस्तमा एक सरपञ्चको गोली हानी हत्या गरिएको थियो।
त्यस्तै आतंकवादी हमलामा अर्का सरपञ्च आरिफ अहमद शाह गम्भीर घाइते भएका थिए। हिन्दूस्तान टाइम्सले जनाएअनुसार शाहमाथि गोली प्रहारको घटनापछि पाँच अगस्तका दिन भाजपाका तीन कार्यकर्ताले पार्टीबाट राजीनामा दिएका थिए।
जुलाइमा पनि उत्तर कश्मीरको बान्दीपोरामा आतंकवादीहरूले भाजपाका नेता वसीम अहमद बारी, उनका पिता र भाइको गोली हानी हत्या भएको थियो।
" /> काठमाडौं। जम्मु कश्मीरको बडगाम जिल्लामा भारतीय जनता पार्टीका कार्यकर्तामाथि गोली प्रहार भएको छ। प्रहरी अधिकारीहरुका अनुसार भाजपा कार्यकर्ता अब्दुल हामिद नजरमाथि आतंकवादीहरुले आज गोली चलाएका हुन्। गोली लागेर नजर घाइते भएका छन्।बडगामको मोहिन्दपुरा क्षेत्रमा भएको गोली प्रहारबाट घाइते भएका नजरलाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ। जम्मु कश्मीरमा भाजपाका नेता-कार्यकर्तामाथि एक सातायता भएको यो तेस्रो आक्रमण हो। यसअघि दक्षिण कश्मीरको काजीगुन्ड क्षेत्रमा ६ अगस्तमा एक सरपञ्चको गोली हानी हत्या गरिएको थियो।

">