पढ्नुहाेस्

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा. केसीलाई अस्पताल लगियो

डा. केसीको १७औं अनशन डडेल्धुराबाट शुरू, यस्ता छन् माग (तस्वीरहरूसहित)

डा. गोविन्द केसी १७औं अनशनका लागि डडेल्धुरामा

पढ्नुहाेस्

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा. केसीलाई अस्पताल लगियो

डा. केसीको १७औं अनशन डडेल्धुराबाट शुरू, यस्ता छन् माग (तस्वीरहरूसहित)

डा. गोविन्द केसी १७औं अनशनका लागि डडेल्धुरामा

"> डडेल्धुरा अस्पतालले भन्यो- ‘डा.केसीलाई सुविधासम्पन्न अस्पतालमा लैजाऊ’: Dekhapadhi
डडेल्धुरा अस्पतालले भन्यो- ‘डा.केसीलाई सुविधासम्पन्न अस्पतालमा लैजाऊ’
काठमाडौं। डडेल्धुरामा अनशनरत प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ।

स्वास्थ्य बिग्रिएपछि २३ कात्तिकमा डडेल्धुरा अस्पताल भर्ना गरिएका केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको त्यहाँका चिकित्सकहरूले जनाएका छन्।

डा.केसी १८ कात्तिकदेखि सात बुँदे माग राखेर डडेल्धुरा सदरमुकामस्थित निर्मला भट्टको घरमा अनशन बसेका थिए।

डडेल्धुरा अस्पतालले आज विज्ञप्ति जारी गर्दै केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले चिकित्सकीय हैसियतले अस्पतालको क्षमताभन्दा बाहिर गएका बखत कुनैपनि जटिलता व्यवस्थापन गर्न नसक्ने उल्लेख गरेको छ।

अस्पतालले डा.केसीलाई तत्काल सुरक्षित स्थानमा लैजानुपर्ने उल्लेख गर्दै डडेल्धुरा अस्पताल त्यसका लागि उपयुक्त नभएको जनाएको छ।

‘थप उपचारका लागि आवश्यक पर्ने आईसीयू सेवा, एबीजी सेवा, दक्ष जनशक्ति र उपकरण अस्पतालमा उपलब्ध छैन’, विज्ञप्तिमा भनिएको छ।

अस्पतालका अनुसार डा. केसीको ब्लड प्रेसर घट्न थालेको, मुटुको चालमा वृद्धि भइ समस्या देखिएको, रगतमा अक्सिनको मात्रा घटेको र मृगौलामा समस्या देखिएको छ।

‘उहाँको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै यहाँबाट सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक देखिएको छ’, अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

चिकित्सा शिक्षा सुधारको माग राखेर अनशन बस्दै आएका केसीको यो १७औं अनशन हो।  गत १६ असोजमा डा. केसी त्रिवि शिक्षण अस्पतालबाट सेवानिवृत भएका थिए।

पढ्नुहाेस्

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा. केसीलाई अस्पताल लगियो

डा. केसीको १७औं अनशन डडेल्धुराबाट शुरू, यस्ता छन् माग (तस्वीरहरूसहित)

डा. गोविन्द केसी १७औं अनशनका लागि डडेल्धुरामा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्