काठमाडौं। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारत प्रशासित कश्मिर स्वतन्त्र भएरै छाड्ने बताएका छन्। नरेन्द्र मोदी नेतृत्वको भारतीय सरकारले संविधानको धारा ३७० अनुसार कश्मिरले पाउँदै आएको विशेष राज्यको अधिकार गतवर्ष खारेज गरेको थियो। धारा ३७० खारेजीको एक वर्ष यही अगस्ट ५ मा पूरा भएको थियो।
भारतले विशेषाधिकार खारेज गरेर कश्मिरलाई केन्द्र प्रशासित राज्यका रुपमा खुम्च्याएपछि पाकिस्तानले त्यसको चर्को विरोध गर्दै आएको थियो। कश्मिरकै नेताहरु पनि यसको विरोधमा थिए। जसका कारण कश्मिरका थुप्रै नेता तथा पूर्व मुख्यमन्त्रीहरुलाई समेत आफ्नै घरमा नजरबन्द गरिएको थियो।
पाकिस्तानी पत्रिकाहरुले जनाएअनुसार प्रधानमन्त्री खानले कश्मिरको विशेषाधिकार खारेज गरेर भारतीय प्रधानमन्त्री मोदी फसेको बताएका छन्। “कश्मिरको विशेष अधिकार खारेज गरेर मोदी फसिसकेका छन्। कश्मिर स्वतन्त्र भएरै छोड्छ। भारतले आफू एउटा ठूलो बजार भएकाले बाँकी दुनिया चुप बस्छ भन्ने सोचेको थियो। तर हामीले कश्मिरको मुद्धा अन्तर्राष्ट्रिय स्तरमा जोडतोडका साथ उठाएका छौं, जसका कारण भारत आफ्नो उद्देश्यमा सफल हुन सकेको छैन,” पाकिस्तान प्रशासित कश्मिरको एसेम्बलीलाई सम्बोधन गर्दै खानले भने।