काठमाडाैं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढोरपाटन नगरपालिका बाग्लुङका इञ्जिनियर मिलन अधिकारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।
उपभोक्ता समितिबाट भएको सडक निर्माणसम्बन्धी योजनाको भुक्तानी दिएबापत् अधिकारीले विभिन्न बाहना बनाई घुस मागेको पाइएको आयोगले जनाएको छ।
इञ्जिनियर अधिकारीले सेवाग्राहीबाट एक लाख घुस माग गरेको पाइएको र आयोगको पोखरा कार्यालयबाट गएको टोलीले पक्राउ गरेको थियो।
आयोगले आरोपी इञ्जिनियरलाई बिगोअनुसारको कारबाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।
यस्तै आयोगले आजै घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्ज बाँकेका उद्योग अधिकृत हुकुमबहादुर ओलीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार ठेक्का पट्टाको अनुमतिपत्र बनाइदिने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ९६ हजार ३०० रूपैयाँ घुस माग गरेको पाइएको छ।
आयोगले आरोपी उद्योग अधिकृत ओलीविरुद्ध बिगोअनुसारको कारबाहीको माग गरेको छ। रासस
" /> काठमाडाैं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढोरपाटन नगरपालिका बाग्लुङका इञ्जिनियर मिलन अधिकारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।उपभोक्ता समितिबाट भएको सडक निर्माणसम्बन्धी योजनाको भुक्तानी दिएबापत् अधिकारीले विभिन्न बाहना बनाई घुस मागेको पाइएको आयोगले जनाएको छ।

">