काठमाडाैं। पाँचौं सामुदायिक वन दिवसका अवसरमा गोकर्णस्थित राष्ट्रिय शहीद स्मारक निर्माण भइरहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा वृक्षारोपण गरिएको छ।
वन तथा भूसंरक्षण विभागको आयोजनामा भएको कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीलगायतले २५ वटा रुद्राक्षको बिरुवा राेपेका थिए।
कार्यक्रममा सचिव ओलीले सामुदायिक वनकै कारण नेपालको वन जोगिएको बताए।
नेपालमा २९ प्रतिशतमा सीमित भएको वन क्षेत्रलाई सामुदायिक वन उपभोक्ताकै सहयोगले ४३ प्रतिशतमा पुर्याउन सकिएको सचिव ओलीले जानकारी दिए।
गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले नगरपालिकामा पर्यटन प्रवर्द्धन गर्ने बजेट भए पनि स्थान नभएकाले काम गर्न नसकिएको उल्लेख गर्दै सामुदायिक वनसँग सहकार्य गरी पर्यटन प्रवर्द्धन गर्न समन्वय गर्न मन्त्रालयसँग आग्रह गरे। रासस
" /> काठमाडाैं। पाँचौं सामुदायिक वन दिवसका अवसरमा गोकर्णस्थित राष्ट्रिय शहीद स्मारक निर्माण भइरहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा वृक्षारोपण गरिएको छ।वन तथा भूसंरक्षण विभागको आयोजनामा भएको कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीलगायतले २५ वटा रुद्राक्षको बिरुवा राेपेका थिए।

">