काठमाडौं। बङ्गलादेशमा गत २४ घण्टामा कोभिड सङ्क्रमण पुष्टि भएका विरामीको सङ्ख्या दुई हजार ४८७ पुगेको छ। मन्त्रालयका अनुसार यससँगै आइतबारसम्म दुई लाख ५७ हजार ६०० व्यक्ति सङ्क्रमित भएका छन्।
मन्त्रालयका वरिष्ठ अधिकारी नसिमा सुल्तानाले आइतबार सञ्चारकर्मीसँगको कुराकानीमा भनिन्, “विगत २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार ४८७ रहेको छ भने उक्त अवधिमा ३४ जना सङ्क्रमितको मृत्यु भएको छ। बङ्गलादेशमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ५७ हजार ६०० रहेको र तीन हजार ३९९ सङ्क्रमितको मृत्यु भएको छ ।”
बङ्गलादेशमा गत २४ घण्टामा १० हजार ७५९ सङ्कलित नमूनाको कोभिड–१९ सङ्क्रमण परीक्षण गरिएको बताइएको छ।
सुल्तानाका अनुसार गत २४ घण्टामा थप एक हजार ७६६ जनाको निको भई घर फर्किएका छन् भने अहिलेसम्म निको भई घर फर्किनेको सङ्ख्या एक लाख ४८ हजार ३७० पुगेको छ ।
उनका अनुसार बङ्गलादेशमा १.३२ प्रतिशत कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ भने हालसम्म निको भएकाको सङ्ख्या ५७.६० प्रतिशत रहेको छ।
" /> काठमाडौं। बङ्गलादेशमा गत २४ घण्टामा कोभिड सङ्क्रमण पुष्टि भएका विरामीको सङ्ख्या दुई हजार ४८७ पुगेको छ। मन्त्रालयका अनुसार यससँगै आइतबारसम्म दुई लाख ५७ हजार ६०० व्यक्ति सङ्क्रमित भएका छन्।मन्त्रालयका वरिष्ठ अधिकारी नसिमा सुल्तानाले आइतबार सञ्चारकर्मीसँगको कुराकानीमा भनिन्, “विगत २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार ४८७ रहेको छ भने उक्त अवधिमा ३४ जना सङ्क्रमितको मृत्यु भएको छ। बङ्गलादेशमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ५७ हजार ६०० रहेको र तीन हजार ३९९ सङ्क्रमितको मृत्यु भएको छ ।”

">