काठमाडाैं। स्वास्थ्य सुरक्षाको पूर्वतयारीबिना विद्यालय सञ्चालन नगर्न अभिभावकहरूले आग्रह गरेका छन्।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले आज आयोजना गरेको भर्चुअल संवादमा विद्यालय पुनःसञ्चालन कार्य ढाँचा, २०७७ को मस्यौदामा स्थानीय सरकारको अगुवाइ र विद्यालय व्यवस्थापन समितिको सक्रियता बढाउनुपर्नेमा पनि जोड दिइएको छ।
कोभिड-१९ का कारण लगाइएको लकडाउन खुले पनि विद्यालय खुल्न नसकी हाल वैकल्पिक प्रणालीबाट सिकाइ निरन्तरता भइरहेको छ।
सरकारले आउँदो भदौ १ गतेबाट विद्यालयमा विद्यार्थी भर्ना अभियान, पाठ्यपुस्तक वितरण र परीक्षा सञ्चालन गर्ने र दोस्रो चरणमा विद्यालय पुनःसञ्चालन गर्ने तयारी गरे पनि जोखिम बढेपछि अन्योलको स्थिति छ।
महासंघका प्रदेश अध्यक्ष तथा प्रदेश इञ्चार्जबीचको सो अन्तरसंवादपछि हतारमा विद्यालय नखोल्न आग्रह गर्ने निर्णय भएको महासंघका महासचिव गुणराज मुक्तानले जानकारी दिए।
सहभागीले विद्यामान अवस्थामा विद्यालयमा विद्यार्थी र शिक्षकको उपस्थिति गराउन मुलुकभर कोरोनाको प्रभाव झन् बढिरहेको, विद्यालयमा क्वारेन्टिन र आइसोलेसन कक्षहरू हटाइ नसकेको, यातायात पूर्णरूपमा सञ्चालनमा नआएको, बाढीपहिरोका कारण अवरोध भएकाले अभिभावकमा आफ्ना बालबालिकालाई ढुक्कसँग विद्यालय सक्ने अवस्थामा नरहेको जनाइयो।
महासंघका अध्यक्ष कृष्ण थापाले हाल वैकल्पिक सिकाइ प्रणालीलाई प्रभावकारी बनाउन र त्यसपछि विद्यालयमा राखिएका सबै क्वारेन्टिन र आइसोलेसन हटाई निर्मलीकरण गरी सुरक्षाको आधारभूत मापदण्ड पूरा गरेर विद्यालय खोल्नुपर्ने बताए।
उनले विद्यालयमा जाने शिक्षक, विद्यार्थी र कर्मचारीहरुको कोरोना विशेष जीवन बीमाको प्रक्रिया पूरा गर्ने, विद्यालयमा प्राथमिक उपचार कक्ष स्थापना गर्ने, मनोसामाजिक परामर्श सम्पन्न गर्ने र तेस्रो चरणमा विद्यार्थी नियमित विद्यालय जाने विश्वसनीय अवस्था सिर्जना गरी बाँकी शैक्षिक सत्रमा विद्यालय सञ्चालन गर्न आग्रह गरे। रासस
" /> काठमाडाैं। स्वास्थ्य सुरक्षाको पूर्वतयारीबिना विद्यालय सञ्चालन नगर्न अभिभावकहरूले आग्रह गरेका छन्।सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले आज आयोजना गरेको भर्चुअल संवादमा विद्यालय पुनःसञ्चालन कार्य ढाँचा, २०७७ को मस्यौदामा स्थानीय सरकारको अगुवाइ र विद्यालय व्यवस्थापन समितिको सक्रियता बढाउनुपर्नेमा पनि जोड दिइएको छ।

">