काठमाडौं। देशका विभिन्न ठाउँबाट प्रहरीले अवैध लागुऔषध सहित सातजनालाई पक्राउ गरेको छ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका-५, दाउराडिपो बस्ने मकवानपुर थाहा नगरपालिका-७ घर भएका ४२ वर्षीय देवेन्द्र थापामगरलाई एक केजी १६० ग्राम अवैध लागुऔषध चरेससहित प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले सोही ठाउँस्थित थापामगरको टहराबाट उक्त परिमाणको लागुऔषध चरेस, चरेस प्याकिङ गर्ने कागज तथा तराजु समेत फेला पारी उनलाई पक्राउ गरेको हो।
देवेन्द्रले उक्त चरेश धादिङबाट ल्याई स्थानीय युवाहरूलाई बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। देवेन्द्रमाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको उक्त प्रहरी वृत्तले जनाएको छ।
यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१४ स्थित सडकबाट १४५ बोतल नियन्त्रित लागुऔषध उइनरेक्स र ६०० एम्पुल नाइट्रोभेटसहित तीनजनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा पर्सा वीरगञ्ज महानगरपालिका-२४ बस्ने १८ वर्षीय किशोर, हेटौंडा उपमहानगरपालिका-१२ बस्ने २८ वर्षीय विरेन मोक्तान र सोही ठाउँ बस्ने बुद्धि घिसिङ छन्।
सोही ठाउँस्थित खटिएको प्रहरीले बीआर ०५ एए ०६०५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा प्रहरीलाई देखेर मोटरसाइकल चालक भागेपछि मोटरसाइकलमा सवार किशोरको झोलाबाट उक्त लागुऔषध बरामद गरेको हो।
उक्त लागुऔषध लिन प्रदेश नम्बर ३–०२–००२ प. ४५४१ नम्बरको मोटरसाइकलमा आएका चालक विरेन र मोटरसाइकलमा सवार बुद्धिलाई समेत प्रहरीले पक्राउ गरेको हो।
नवलपरासी (पूर्व)को कावासोती नगरपालिका-१६ तिनघरेचोकस्थित सडकबाट १५६ एम्पुल फेनारागन, १५६ एम्पुल नुर्फिन र १५६ एम्पुल डाइजेपामसहित चितवन भरतपुर महानगरपालिका-१२ बस्ने ३१ वर्षीय सुरेन्द्र थापालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ।
उक्त सडकमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले प्रदेश नम्बर–३–०३–००१ प ५९५९ नम्बरको स्कुटर जाँच गर्ने क्रममा थापाको साथबाट उक्त परिमाणको लागुऔषधसहित उनलाई पक्राउ गरेको हो।
सुनसरीको इनरुवा नगरपालिका-९ जाल्पापुरबाट १३ बोतल डाइलेक्स डिसी र ४३ क्याप्सुल स्पास्मो प्रोक्सिभनसहित दुईजनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा ईनरुवा नगरपालिका-२ बस्ने ४३ वर्षीय रोहित कुँवर र इटहरी उपमहानगरपालिका–२ बस्ने ३० वर्षीय ध्रुव अधिकारी रहेका छन्।
अस्थायी प्रहरी पोष्ट पोखरीटोलबाट खटिएको प्रहरीले बाटोको साइडमा बसिरहेको अवस्थामा शंका लागि जाँच गर्दा उक्त लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूले प्रयोग गरेको को.११ प ५०७३ नम्बरको मोटरसाइकल र को.३२ प ९८७० नम्बरको स्कुटरसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाहरूको सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। देशका विभिन्न ठाउँबाट प्रहरीले अवैध लागुऔषध सहित सातजनालाई पक्राउ गरेको छ।काठमाडौंको चन्द्रागिरि नगरपालिका-५, दाउराडिपो बस्ने मकवानपुर थाहा नगरपालिका-७ घर भएका ४२ वर्षीय देवेन्द्र थापामगरलाई एक केजी १६० ग्राम अवैध लागुऔषध चरेससहित प्रहरीले पक्राउ गरेको छ।

">