कैलाली। बझाङको केदारस्युँ गाउँपालिका-८, मल्लेसी पहिरो घटनामा बेपत्ता भएका युवकको शव भेटिएको छ।
गत असार १९ गते राति १२ बजे आएको पहिरोमा परी बेपत्ता भएका गिरी जेठारा (२१) को शव आइतबार फेला परेको हो।
स्थानीय लोकबहादुर जेठाराको घर पछाडि पुरिएको अवस्थामा शव फेला परेको विपद् व्यवस्थापन समिति केदारस्युँ-८, मल्लेसीका सुरेश जेठाराले बताए।
उनले लाेकबहादुरले घर वरिपरि पसेको ढुंगा माटो हटाएर घर सफा गर्ने क्रममा आइतबार दिउँसो १ बजेतिर शव भेटिएको बताए।
शव भेटिएको जानकारी पाएपछि त्यसतर्फ प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक गणेश बमले बताए।
" /> कैलाली। बझाङको केदारस्युँ गाउँपालिका-८, मल्लेसी पहिरो घटनामा बेपत्ता भएका युवकको शव भेटिएको छ।गत असार १९ गते राति १२ बजे आएको पहिरोमा परी बेपत्ता भएका गिरी जेठारा (२१) को शव आइतबार फेला परेको हो।

">