काठमाडौं। सानो मुलुक न्युजिल्यान्ड कोरोनामुक्त भएको आइतबार ठीक सय दिन भएको छ। यसबीच त्यहाँ एक जना पनि कोरोना पोजिटिभ भेटिएका छैनन्।
त्यहाँको जनसंख्या केवल ५० लाख छ। अब न्युजिल्यान्डवासीको जीवन सामान्य भएको छ। त्यहाँका वासिन्दा आनन्दले रंगशालामा गएर रग्बी म्याच हेरिरहेका छन्। बिना कुनै डर रेस्टुुराँ जान्छन्।
यति हुँदाहुँदै पनि कतिपयमा भने त्रास बाँकी छ। देशको भविष्यलाई लिएर सन्तुष्ट नहुनेहरु पनि उत्तिकै छन्। कतिपय कुरामा देश भविष्यका लागि तयार नभएको तिनको आशंका छ।
मार्च महिनाको अन्त्यमा न्युजिल्यान्डमा कडा लकडाउन गरियो। त्यसबेला त्यहाँ सय जना कोरोना पोजिटिभ थिए। कडा लकडाउनका कारण कोरोना फैलन पाएन। पछिल्ला तीन महिनामा केही पोजिटिभ केस पाइए पनि ती अन्य मुलुकबाट न्युजिलान्ड आएका मानिस थिए। तिनलाई तत्कालै क्वारेन्टिनमा राखियो, त्यसैले संक्रमण फैलन पाएन।
न्युजिल्यान्डमा हालसम्म कुल संक्रमित १५सय थिए भने २२ जनाको मृत्यु भयो। यसलाई त्यहाँको नेतृत्वको कुशलता मानिएको छ।
युनिभर्सिटी अफ ओटागोका महामारी विशेषज्ञ प्रा. माइकल बेकर भन्छन्, ‘‘यो विज्ञान र कुशल नेतृत्वको कमाल हो। जुन देशमा अवस्था उतिविधि खराब हुन पाएको छैन, ती देशमा यिनै दुई कुरा अब्बल छन्।’’
न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा अर्डनको नेतृत्वको यतिखेर सर्वत्र प्रशंसा भएको छ। संक्रमणबाट आफ्ना नागरिकलाई जोगाउन उक्त मुलुकले साहसिक कदम चालेको थियो। प्रा. बेकर अहिले अन्य मुलुक न्युजिल्यान्डतर्फ हेरिरहेको बताउँछन्।
उनी भन्छन्, ‘‘पश्चिमा देशले यो खतरालाई गलत तरिकाले ह्यान्डिल गरे। अहिले उनीहरुलाई यसको महसुस भएको छ।’’ उनका अनुसार कतिपय देशका नेताले अर्थव्यवस्था जोगाउने नाममा गलत नीति अख्तियार गरेका छन्। ‘‘व्यवसाय तबमात्रै फल्छफुल्छ जब महामारीजस्ता बिरामीबाट मानिसहरु जोगिन्छन्,’’ उनी भन्छन्।
न्युजिल्यान्डको अर्थव्यवस्था चुस्त छ। त्यहाँको बेरोजगारी दर अहिले पनि चार प्रतिशतको हाराहारीमा छ।
(बीबीसी)