भन्सार छलेर भित्र्याइएका लत्ताकपडा र हार्डवेयरका सामान बरामद्
<p style="text-align: justify;">कैलाली। भन्सार छलेर भित्र्याउँदै गरेको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ।</p>
<p style="text-align: justify;">धनगढी उपमहानगरपालिका-१० को सुडाघाट र कैलारी गाउँपालिका-५ को शिवरत्नपुर इलाकाबाट सामान बरामद गरेको हो।</p>
<p style="text-align: justify;">सशस्त्र प्रहरीले ६० हजार ५७० रूपैयाँ बराबरको लत्ताकपडा र हार्डवेयरको सामान बरामद गरेको जनाइएको छ।</p>
<p style="text-align: justify;">बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि भन्सारमा दाखिला गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीले जानकारी दिएको छ।</p>