धनुषा। कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका दुई जनाको मृत्यु भएको छ। मृत्यु भएकामा एक जना अस्पतालका चौकीदार र अर्का नेपाली कांग्रेसका नेता छन्।
धनुषाको मिथिला विहारी नगरपालिका–५ घर भएका ४५ वर्षीय पुरुषको एक्कासि ज्वरो र रुघाखोकीका साथै श्वास फेर्न समस्या भएपछि शनिबार राति उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। प्रजिअ भट्टराईका अनुसार उनको शव सोही अस्पतालमा राखिएको र स्वाब सङ्कलन गर्ने काम भइरहेको छ। बिदामा गएका बेला उनी अचानक बिरामी भएका थिए।
त्यसैगरी धनुषाकै शहीद नगरपालिका–८ का नेपाली कांग्रेसका नेताको पनि जनकपुरधामस्थित काव्य अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि ५० वर्षीय ति नेतालाई स्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा मृत्यु भएका उनको पनि स्वाब सङ्कलन गर्ने काम भइरहेको प्रजिअ भट्टराईले बताए।
धनुषामा दुई साताअघि शहीद नगरपालिका–८ का ३६ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो।
रासस
" /> धनुषा। कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका दुई जनाको मृत्यु भएको छ। मृत्यु भएकामा एक जना अस्पतालका चौकीदार र अर्का नेपाली कांग्रेसका नेता छन्।धनुषाको मिथिला विहारी नगरपालिका–५ घर भएका ४५ वर्षीय पुरुषको एक्कासि ज्वरो र रुघाखोकीका साथै श्वास फेर्न समस्या भएपछि शनिबार राति उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। प्रजिअ भट्टराईका अनुसार उनको शव सोही अस्पतालमा राखिएको र स्वाब सङ्कलन गर्ने काम भइरहेको छ। बिदामा गएका बेला उनी अचानक बिरामी भएका थिए।

">