काठमाडौं। श्रीलंका पीपुल्स पार्टी (एसएलपीपी) का ७४ वर्षीय नेता महिन्दा राजापाक्षेले आज चौथो पटक श्रीलंकाको प्रधानमन्त्रीको रुपमा सपथ लिएका छन्।
उत्तरी कोलम्बोका केलानिया उप–नगरमा रहेको ऐतिहासीक बौद्ध मन्दिर ‘राजमहा विहार’ मा उनले प्रधानमन्त्रीको सपथ लिएका हुन्।
उनले आफ्नै भाई तथा श्रीलंकाका राष्ट्रपति गोटाभाया राजापाक्षेबाट प्रधानमन्त्रीको सपथ लिएका हुन्। सपथ लिएपछि दाजुभाईले सँगै राजमहा विहारमा प्रार्थना गरेका थिए।
प्रधानमन्त्रीको सपथ कार्यक्रमलाई राष्ट्रपति गोटभाया राजपाक्षेले आफ्नो आधिकारिक फेसबुक पेजबाट लाईभ प्रसारण गरेका थिए। सपथको समय राजापाक्षे परिवार सबै विहारमा उपस्थित थिए।
बितेका दुई दशकमा राजापाक्षे परिवारले श्रीलंकाको राजनीतिमा राम्रो पकड जमाएका छन्। अब श्रीलंकाको राजनीतिमा उनीहरुको पकड झन् बढ्ने विष्लेषकहरुले जनाएका छन्। महिन्दा राजपाक्षे सन् २००५-२०१५को बीच करिब एक दशक श्रीलंकाको राष्ट्रपति थिए।