घरेलुका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर <p>काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जका उद्योग अधिकृत हुकुमबहादुर ओलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आज दायर गरिएको मुद्दामा ओलीसँग ९६ हजार ३०० बिगो दाबी गरिएको छ।&nbsp;</p> <p>घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जका उद्योग अधिकृत ओलीले ठेक्का पट्टाको अनुमति&ndash;पत्र (लाइसेन्स) बनाईदिन&nbsp;सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो।&nbsp;यसैक्रममा केही दिन अघि बुटबलस्थित अख्तियारको कार्यालयबाट गएको टोलीले ओलीलाई सेवाग्राहीसँग ९६ हजार ३ सय रुपैयाँ घुस लिंदै गर्दा पक्राउ गरेको थियो।</p> <p>पक्राउ गरी अनुसन्धान गर्दा ओलीले सेवाग्राहीले डरत्रास देखाई घुस मागेको र लिएको देखिएपछि आज उनी विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्