कैलाली। १४ साउनमा आएको बाढीले हुलाकी सडक भत्काउँदा आवागमनमा समस्या भएको छ।
भजनी नगरपालिकाको थेकिपुरदेखी सोनाफाटासम्म ४/५ ठाउँमा बाढीले सडक नै बगाइदिएपछि आवागमन ठप्प भएको हो।
भजनीका स्थानीय पदम साउदले हुलाकी सडक भएर टीकापुर पुग्न आधाघण्टा मात्रै लाग्नेमा अहिले जोशीपुर भएर टीकापुर जान एकघण्टा लाग्ने बताए।
कतिपय स्थानीयले भने जोखिम मोलेरै भएपनि हुलाकी सडक प्रयोग गरेर आवातजावत गरिरहेको बताउँदै साउदले कुनैपनि बेला दुर्घटनामा पर्न सक्नेतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका साइट इन्जिनियर मोहनचन्द्र हमालले वर्षा भइरहेका कारण सडक मर्मतमा समस्या भएको बताए।
उनका अनुसार थेकिपुरदेखी सोनाफाटा सम्मको करिब ७ किलोमीटर एरियाको ४/५ ठाउँमा बाढीले सडक नै बगाएको बताउँदै निर्माण कार्य शुरू गर्न लागिएको छ। डाइभर्सन गरेर सडक बनाउनुपर्ने भएकोले वर्षाका कारण अवरोध भएको हमालको भनाइ छ।
डबल लेन बन्दै हुलाकी सडक
धनगढीको क्याम्पस रोडदेखी टीकापुरको सत्तिसम्मको ६२ किलोमिटर हुलाकी सडक डबल लेनको हुने भएको छ।
क्याम्पस रोडदेखी मनेहरासम्मको साढे ३ किलोमिटर सडक भने चार लेनको हुनेछ।
चार प्याकेजमा टेन्डरमार्फत बनाइन लागेको हुलाकी सडकको क्याम्पस रोडदेखी थेकिपुरसम्मको तीन खण्डको स्वच्छन्द जोशी निर्माण सेवा र थेकिपुरदेखी सत्तिसम्मको निर्माणको काम कालिका जोशीले पाएको इन्जिनियर हमालले जानकारी दिए।
" /> कैलाली। १४ साउनमा आएको बाढीले हुलाकी सडक भत्काउँदा आवागमनमा समस्या भएको छ।भजनी नगरपालिकाको थेकिपुरदेखी सोनाफाटासम्म ४/५ ठाउँमा बाढीले सडक नै बगाइदिएपछि आवागमन ठप्प भएको हो।

">