काठमाडौं। मानिसहरू यतिखेर कोरोनाबाट त्रस्त छन्। कोरोनाको अति सूक्ष्म जिवाणुले संसारका मानिसलाई सताउन थालेको अब त आधा वर्ष हुन लागिसकेको छ।
यो महामारीबाट जोगाउने एउटै आशाको दियो भनेको भ्याक्सिन नै हो। जहाँ, जसरी, जसले बनाओस्, हामीलाई भ्याक्सिन चाहिएको छ।
भ्याक्सिन निर्माणमा दर्जनौं कम्पनी र देश लागिपरेको छन्। कसले पहिला यो औषधि बनाउने भन्ने होड पनि उसैगरी चलिरहेको छ। तर, हामीलाई त बस् चाहिएको छ भ्याक्सिन, सहज र सुलभ अनि चाँडोभन्दा चाँडो।
यस्तै उहापोहको अवस्थामा रुसले पहिलो पटक भ्याक्सिन तयार पारेको दाबी गरेको छ। र, उक्त मुलुकले यही महीनाको १२ तारिख भ्याक्सिनको रजिस्ट्रेसन हुने पनि बताएको छ। रुसको पुटिन सरकारको यो दाबी छक्क पार्नेखालको त छ नै, साथमा आशा जगाउने खालको पनि हुन पुगेको छ।
उता विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भने रुसको दाबीमाथि विभिन्न आशंका गरेको छ। तेस्रो चरणको परीक्षण र त्यसमा सफलता नपाई भ्याक्सिन मानिसलाई लगाउन खोजिएको हो भने त्यसले जोखिम बढाउने डब्ल्यूएचओको चेतावनी छ।
रुसी सञ्चारमाध्यमका अनुसार डेपुटी स्वास्थ्यमन्त्री ओलेग ग्रिडनेभले शुक्रबार यो जानकारी दिएका हुन्। भ्याक्सिन रुसको रक्षामन्त्रालय तथा गामालेया नेसनल सेन्टर फर रिसर्च अन एपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीले तयार पारेका हुन्।
यो भ्याक्सिन क्लिनिकल ट्रायलमा शतप्रतिशत सफल भएको पनि रुसको दाबी छ। परीक्षणका क्रममा जसलाई यो भ्याक्सिन दिइयो, उसमा कोरोना भाइरसविरुद्ध इम्युनिटी विकसित भएको पाइएको छ।
मन्त्री ओलेगले भ्याक्सिनको अझै पनि परीक्षण भने गर्न नरोकिएको बताएका छन्। यसको सुरक्षितताबारे अध्ययन चलिरहेको उनको भनाइ छ। भ्याक्सिनको साइडइफेक्ट नदेखिएको पनि रक्षामन्त्रालयले बताएको छ।
रुसमा उक्त भ्याक्सिन सर्वप्रथम ज्येष्ठ नागरिक र स्वास्थ्यकर्मी र शिक्षकलाई उपलब्ध गराइने छ। त्यहाँ अक्टोबरदेखि नागरिकमा भ्याक्सिनको खोप अभियान आरम्भ गरिने छ।
रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरासकोका अनुसार त्यहाँ अर्को भ्याक्सिनको पनि दोस्रो चरणको क्लिनिकल ट्रायल चलिरहेको छ। यसलाई भेक्टर स्टेट सेन्टर फर रिसर्च इन भाइरोलोजीले तयार पारेको हो।

रुसले डब्ल्यूएचओका दिशानिर्देश पालना नगरेको हुनाले भ्याक्सिनको विश्वास गर्न कठिन हुने संस्थाको भनाइ छ। भ्याक्सिन उत्पादनका लागि तयार पारिएको गाइडलाइन्सको पालना गर्नै पर्ने डब्ल्यूएचओले बताएको छ।
डब्ल्यूएचओको वेबसाइटमा क्लिनिकल ट्रायल चलिरहेको २५ भ्याक्सिन सूचीबद्ध रहेको जनाइएको छ। १३९ भ्याक्सिन अहिले पनि प्रिक्लिनिक स्टेजमा रहेको छ।
रुसका स्वास्थ्यमन्त्री मुरासकोले अक्टोबरमा मास भ्याक्सिनेसनका लागि उपलब्ध हुने बताएका छन्। उनले भ्याक्सिन अन्य मुलुकलाई पनि उपलब्ध गराउन सकिने घोषणा गरेका छन्।
(एजेन्सीहरूको सहयोगमा)