भारतको विजयवाडास्थित कोरोना केयर सेन्टरमा आगलागी, १० को मृत्यु
काठमाडौं। कोरोना संक्रमितलाई राख्नका लागि केयर सेन्टरको रुपमा प्रयोगमा रहेको भारतको आन्द्र प्रदेशस्थित विजयवाडाको स्वर्ण प्यालेस होटलमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ।

आन्द्र प्रदेशका गृह राज्यमन्त्री मेकाथोटी सुचरिताका अनुसार शट सर्किटका कारण आगलागी भएको थियो। आज विहान सवा पाँच बजेतिर आगलागी सुरु भएको थियो।

तत्काल पुगेको पुलिस तथा अग्नी नियन्त्रकहरुले ४५ मिनेटमा आगो निभाइसकेका थिए। आगलागीमा परेर १० जनाको मृत्यु भइसकेको छ भने थुप्रै घाइते भएको अनुमान छ। आगलागी हुँदा होटलमा ३० भन्दा बढि मानिस रहेको विजयवाडाका पुलिस कमिस्नर बी श्रीनिवासुलुले जानकारी गराएका छन्।

पुलिसका अनुसार आगलागी भएपछि त्यसबाट बाँच्न चार जना होटलको छलबाट हामफालेका थिए। उनीहरुको अवस्था अझैसम्म थाहा हुन सकेको छैन। अन्य घाइतेलाई नजिकैको रमेश अस्पताल लगिएको छ। रमेश अस्पतालले नै कोरोना संक्रमितलाई राख्नका लागि यो होटल भाडामा लिएको थियो।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले आगलागीको घटनाबाट आफूहरु निक्कै दुःखित रहेको बताउँदै केन्द्र सरकार सहयोगका लागि तयार रहेको आस्वासन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्